श्रावण १, २०८२ बिहिबार July 17, 2025

कोरोना सङ्क्रमणले आधा घटे पर्यटक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोरोना सङ्क्रमण बढेसँगै लगाइएको निषेधाज्ञाले यहाँ आउने पर्यटक आधा घटेका छन् । अघिल्ला वर्षहरुको तुलनामा पर्यटक आगमनमा कमी आएको हो ।

चितवन राष्ट्रिय निकुञ्जमा स्वदेशी एवं विदेशी पर्यटक जङ्गल सफारीका लागि घुम्न आउने गर्दछन् । निकुञ्ज कार्यालयले दिएको तथ्याङ्कअनुसार गएको आर्थिक वर्षमा ९२ हजार २०९ पर्यटकले जङ्गल सफारी गरेका छन् । अघिल्लो आव २०७६/०७७ मा यो सङ्ख्या एक लाख ८२ हजार ४३५ रहेको छ । निकुञ्जभित्र र बाहिर सामुदायिक वनमा टिकट काटेर पर्यटकीय गतिविधिमा रमाउने पर्यटकको सङ्ख्या निकुञ्जले राख्ने गर्दछ । यसका अतिरिक्त पर्यटकीय गतिविधिमा सहभागी नभई पर्यटकीय क्षेत्रमा घुम्न आउनेको तथ्याङ्क राख्ने गरिएको छैन ।

कार्यालयका अनुसार अघिल्लो आवमा ८९ हजार ४४१ जना आन्तरिक पर्यटकले निकुञ्ज घुमेका थिए । यस्तै उक्त वर्षमा सार्क राष्ट्रका १४ हजार २३९ र अन्य मुलुकका ७८ हजार ७५५ पर्यटकले निकुञ्ज घुमेका थिए तर, गत आवमा ८९ हजार ६०१ नेपाली पर्यटकले निकुञ्ज घुमेका थिए भने सार्क राष्ट्रका एक हजार ३६४ पर्यटक र अन्य मुलुकका एक हजार २४४ ले निकुञ्ज घुमेको तथ्याङ्क छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले कोरोना सङ्क्रमणका कारण पर्यटक आगमनमा कमी आएको बताए । अघिल्लो वर्ष मुख्य सिजनसम्म पर्यटक आएको भए पनि गत वर्षभर नै प्रभावित बनेकाले पर्यटकको सङ्ख्यामा कमी आएको उहाँले जानकारी दिए । गत आवमा विदेशी पर्यटक आउन नपाउँदा सङ्ख्या निकै कम भएको हो । लकडाउन कारण अघिल्लो वर्ष चैतदेखि साउनसम्म निकुञ्ज प्रवेशमा रोक लगाइएको थियो भने गत वैशाख १६ गतेदेखि पुनः निषेधाज्ञाका कारण हालसम्म पनि निकुञ्ज प्रवेश बन्द भएको छ । केही दिनमा नै प्रवेश खुलाइने बरालले जानकारी दिए । उनका अनुसार वर्षात्को समयमा निकुञ्ज बन्द हुने भए पनि सामुदायिक वनका गतिविधि खोलिने छ ।

निकुञ्जमा पर्यटक घटेपछि आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष निकुञ्ज घुम्ने पर्यटकको शुल्कबाट रु १८ करोड ७३ लाख ८५ हजार ६४ आम्दानी गरेको निकुञ्जले गत आवमा पर्यटक शुल्क आम्दानी घटेर रु दुई करोड ५५ लाख ३७ हजार ८२८ सङ्कलन भएको छ । निकुञ्जले अन्य क्षेत्रबाट पनि आम्दानी गर्ने गरेको छ । ती क्षेत्रबाट अघिल्लो आवमा रु एक करोड १८ लाख ७० हजार ६१७ राजस्व सङ्कलन गरेको थियो भने गत आवमा यी क्षेत्रको आम्दानी केही बढेको छ । ती क्षेत्रबाट रु एक करोड ८८ लाख २४ हजार ३३८ आम्दानी भएको जनाएको छ । निकुञ्जमा हुने आम्दानीको ५० प्रतिशतसम्म रकम मध्यवर्ती क्षेत्रमा खर्च गर्ने गरी सरकारले फिर्ता पठाउने गर्दछ । आम्दानी घटेसँगै यसको प्रत्यक्ष प्रभाव मध्यवर्ती क्षेत्रमा पर्दछ ।

निकुञ्ज र जनताबीचको द्वन्द्व घटाउन मध्यवर्तीको अवधारणा ल्याएर यहाँ सङ्कलित राजस्वको ५० प्रतिशतसम्म रकम मध्यवर्ती क्षेत्रमा खर्च गर्ने गरिएको हो । निकुञ्जमा मुख्यरुपमा हात्तीमा चढेर दुर्लभ वन्यजन्तु एक सिङ्गे गैँडा, बाघ, घडियाल गोही, चरालगायत हेर्न पर्यटक आउने गर्दछन् । क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईले भूकम्प, नाकाबन्दी, नारायणगढ मुग्लिन सडकको समस्याजस्ता समय समयमा आउने बाधा व्यवधानले खस्किएको यहाँको पर्यटन क्षेत्र कोरोनाबाट थप प्रभावित बनेको बताए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार