श्रावण १, २०८२ बिहिबार July 17, 2025

विप्रेषण व्यवसायलाई व्यवस्थित गर्दै केन्द्रीय बैंक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल राष्ट्र बैंकले विप्रेषणको विनिमय दरका लागि हरेक दिन बिहान १० बजे र दिनको २ बजे विप्रेषण विनिमय दरको रूपमा प्रकाशित गर्न निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले एकीकृत परिपत्र २०७६ मा संशोधन गर्दै बैंक तथा वित्तीय संस्था र विप्रेषण कम्पनीले प्रयोग गर्ने विनिमय दरमा बैंकहरूले अन्य प्रयोजनका लागि निर्धारण गरेको विनिमय दरबाट फरेन एक्सचेञ्ज डिलर्स एशोसिएशन अफ नेपाल (फेडा)मार्फत औसत खरिद दर तय गर्न भनेको छ ।

केन्द्रीय बैंकले सो दरलाई आधार मानी बैंक तथा वित्तीय संस्था एवं विप्रेषण कम्पनीले विप्रेषण प्रयोजनाका लागि समानरूपमा विनिमय दर कायम गर्नुपर्ने उल्लेख गरेको छ । त्यस्तो विनिमय दरको विवरण फेडानले प्रत्येक दिन विदेशी विनिमय व्यवस्थापन विभागमा समेत पठाउनुपर्नेछ । विप्रेषण कारोवार गर्ने सबै संस्थाले फेडानको सदस्यता लिनुपर्नेछ ।

इजाजतप्राप्त कम्पनीले इजाजतप्राप्त गर्दा पेश गरेको सम्झौतामा उल्लेख नगरी विदेशी सेवा प्रदायकलाई कुनै पनि प्रकारको वित्तीय तथा गैरवित्तीय सेवा सुविधा उपलब्ध गराउन नपाउने व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

विप्रेषण कारोवार गर्ने इजाजत प्राप्त कम्पनीले नगद धरौटी लिई सबएजेण्ट नियुक्ति गरेको भए सो नगदको सट्टामा जमानत प्रयोजनका लागि वैकल्पिक व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ । केन्द्रीय बैंकले विप्रेषण कारोवारलाई थप व्यवस्थित गर्न उक्त निर्देशन दिएको कार्यकारी निर्देशक रामु पौडेलले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार