श्रावण ३, २०८२ शनिबार July 19, 2025

हिन्दुराष्ट्र पुनर्स्थापनाको लागि देशव्यापी आन्दोलन गर्ने कमल थापाको उद्घोष

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाको लागि देशव्यापी आन्दोलन गर्ने बताएका छन् ।

शनिवार राप्रपा काठमाडौं क्षेत्र नं५(ख)को कार्यकर्ता भेला सम्पन्न भएको सामाजिक सञ्जालमार्फत् जानकारी दिदैँ थापाले आगामी कार्तिक २७ देखि हुने महाधिवेशन पछि हिन्दुराष्ट्र र राजसंस्थाको पुनर्स्थापना ,भ्रष्टाचार, धर्मपरिवर्तन आदिको विषयमा देशव्यापी आन्दोलन गर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘आगामी कार्तिक २७ देखि हुने महाधिवेशन पछि हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना तथा भ्रष्टाचार, धर्मपरिवर्तन, सर्वसत्तावाद र विदेशी हस्तक्षेपको विरोधमा राप्रपाले देशव्यापी आन्दोलन गर्नेछ ।’

उनले जनताले अहिले हिन्दुराष्ट्र र राजसंस्थाको आवश्यकता महसुस गरेको पनि बताए । राप्रपा र यसको नेतृत्वलाई कमजोर बनाउनु हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डा सँधैको लागि समाप्त पार्नु रहेको भन्दै उनले यसबारे सचेत हुन आग्रह पनि गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया