श्रावण १, २०८२ बिहिबार July 17, 2025

ग्लोबल आइएमई बैंकका कर्मचारीले कम्तीमा सात दिन भ्रमण बिदा पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः ग्लोबल आइएमई बैंकमा कार्यरत कर्मचारीले वार्षिक अनिवार्य बिदा लिँदा कम्तीमा सात दिन आन्तरिक पर्यटकीयस्थलमा भ्रमण गर्ने गरि बिदा लिनुपर्ने व्यवस्था गरेको छ ।

कोभिड महामारीका कारणले विदेशी पर्यटकको आवागमनमा कमी आएको अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै बैंकले यो योजना ल्याएको हो । कोभिड–१९ को महामारीका कारण पूर्णरूपमा प्रभावित पर्यटन क्षेत्रलाई पुनरोत्थान गर्न तत्कालका लागि आन्तरिक पर्यटकको खाँचो रहेको बैंकले जनाएको छ ।

यस्तो परिस्थितिमा थौरै भए पनि आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुगोस् भन्ने उद्देश्यले वार्षिक तलबीे बिदा लिने कर्मचारीले अनिवार्यरूपमा आन्तरिक भ्रमण गर्नुपर्ने व्यवस्था गरिएको हो । बैंकमा हाल तीन हजारभन्दा बढी कर्मचारी कार्यरत छन् ।

मुलुकभर तथा मुलुक बाहिर शाखा सञ्जाल रहेको ग्लोबल आइएमई बैंकले बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले सातवटै प्रदेश तथा ७६ जिल्लामा २७३ शाखा, २४८ एटिएम, २५७ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर सञ्चालन गर्दै आएको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायत मुलुकबाट विप्रेषण भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार