असार २९, २०८२ आइतबार July 13, 2025

उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: नेपाली कांग्रेसका सांसद तथा निजी विद्यालय संचालक उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गुर्नभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री शेरबहादुर देउवा आँफैले नै लिएका छन् ।

हात्तीवनस्थित लिटिल एन्जल्स स्कूलका सञ्चालकसमेत रहेका सांसद श्रेष्ठ प्याब्सन र उच्च माध्यमिक विद्यालयहरूको संगठन (हिसान) का संस्थापक अध्यक्षसमेत हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया