श्रावण ३, २०८२ शनिबार July 19, 2025

नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमालेको माधव कुमार नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दै छ ।

पछिल्लो राजनितिक अवस्था र दोस्रो तहका नेताहरुले संसस्थापन समुहहरुसँग गरिरेहको आन्तरिक वार्ता लगायत गठबन्धनको भावी रणनिती तय गर्न बैठक बस्न लागेको हो ।

आइतबार अबेर काठमाण्डौंको शंखमूलस्थित एक पार्टी प्यालेसमा दुई घन्टा बैठक बसेको सो समहुले आज थप छलफल गर्न लागेको बताइएको छ ।

आइतबारको बैठकमा सहभागी नेताहरूले पार्टीलाई एकताबद्ध बनाएर जानुपर्छ भन्नेमा जोड दिएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल जारी रहेको र आज सोमबार बिहान ११ बजे पुनः बैठक बसेर निष्कर्ष निकाल्ने तयारी भइरहेको उपाध्यक्ष युवराज ज्ञवालीले हरियाली अनलाइनलाइ जानकारी दिए ।

बैठकमा वरिष्ठ नेता झलनाथ खनालबाहेक नेपाल समूहका स्थायी कमिटीका सबै नेतालाई आजको बैठकमा पुन सहभागी हुन भनिएको छ । नेता खनाल भने भारतमा स्वास्थ्य उपचाररत छन् । यसअघिको बैठकमा सहभागी नभएका उपाध्यक्ष भीम रावल पनि हिजोको बैठकमा सहभागी भएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया