श्रावण ३, २०८२ शनिबार July 19, 2025

पार्टी एकताका लागि प्रयास जारी राख्ने नेपाल समुहको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (एमाले) को माधव कुमार नेपाल समुहको स्थायी समिति बैठकले पार्टी एकताका लागि थप प्रयास गर्ने निष्कर्ष निकालेको छ।

माधव नेपाल समुहका स्थायी कमिटीका नेताहरुको आइतबार र सोमबार काठमाडौँको वुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बसेको बैठकले पार्टी एकताका लागि भइरहेका प्रयासहरु सकारात्मक रहेको उल्लेख गर्दै त्यसलाई टुंगोमा पुर्याउन थप प्रयास गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकले पार्टी एकताका लागि दोस्रो तहका नेताहरुबीच भइरहेको प्रयासलाई बिथोलिने गरी अभिव्यक्ति नदिन पार्टीका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई आग्रह समेत गरेको छ ।

बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता रघुजी पन्तले भने ‘पार्टी एकताका लागि भएका प्रयासहरु धेरै हदसम्म सकारात्मक छन्। ती प्रयासहरूलाई छिटो टुंगोमा पुर्‍याउनका लागि थप प्रयास गरौं भन्ने कुरा भयो। सबै नेताहरुले पार्टी एकतामा जोड दिने कुरामा सहमति जनाएका छन्।’

उनले थपे, ‘तर दुवै पक्षका शिर्ष नेताहरुले पार्टीको एकताका लागि भएका प्रयासहरूलाई बिथोलिने गरी अभिव्यक्ति दिनुभएन।’ ‘नेकपा एमालेका देशभरीका कार्यकर्ता, मतदाताहरू र मुलुकको राष्ट्रियता र लोकतन्त्रलाई माया गर्ने जनताहरु एमालेको एकता चाहन्छन् भन्ने आत्मबोध गरिएको छ। त्यसैले पार्टी एकतालाई गम्भिरतापूर्वक अघि बढाउँदै सफल बनाउनुपर्छ भन्नेमा जोड दिइएको छ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया