असार २९, २०८२ आइतबार July 13, 2025

राष्ट्रपतिद्धारा गण्डकी र लुम्बिनी प्रदेश प्रमुख पदमुक्त (विज्ञप्ती)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले मंगलवार गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गरेकी हुन् ।

मन्त्रिपरिषद्को मंगलवारको बैठकको निर्णय तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपाधारा(१) को खण्ड (ख) बमोजिम गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया