वैशाख २५, २०८१ मंगलबार May 7, 2024

काठमाडौंका पहिलो मेयर जनकमान श्रेष्ठको निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । काठमाडौंका पहिलो जननिर्वाचित मेयर जनकमान श्रेष्ठको ९२ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । श्रेष्ठको निधन विहान ७ बजे टेकुस्थित आफ्नै निवासमा भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

एक वर्षदेखि कलेजोको क्यान्सरबाट पीडित श्रेष्ठको निधनमा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शोक व्यक्त गरेका छन् । शाक्यलाई मेयर जिताउन काठमाडौंका पहिलो मेयर जनकमान २०७४ सालको चुनावमा आफैं मतदातामाझ पुगेका थिए । उनको आजै पशुपति आर्यघाटन दाहसंस्कार गरिएको छ ।
आजभन्दा ६६ वर्षअघि २०१० सालमा भएको काठमाडौं नगरपालिकाको पहिलो निर्वाचनमा तत्कालिन नेपाल कम्युनिस्ट पार्टीको समर्थनमा श्रेष्ठ मेयर निर्वाचित भएका थिए । यद्यपि उनी कम्युनिस्ट पार्टीका सदस्य थिएनन् ।

त्यसबेला नगर सभापति भन्ने चलन थियो । जनकमान सभापति र प्रयागराज सिंह सुवाल उपसभापति भएका थिए । काठमाडौं नगरपालिकाको दोस्रो निर्वाचनमा प्रयागराज मेयर निर्वाचित भएका थिए । उनी पछि पन्चायकालमा मन्त्री समेत भएका थिए ।

राजनीतिमा वितृष्णा जागेपछि उनी न्याय सेवामा प्रवेश गरे । विस २०१६ सालमा चिसापानी इलाका अदालतको न्यायाधीशमा नियुक्त भएका उनी विशेष अदालतको न्यायाधीश समेत बने । विपि कोइराला र गणेशमान सिंहको मुद्दाको फैसला गरेका उनको सुपुर्दगी सम्बन्धी फैसलाले पनि चर्चित छ ।

स्वर्गीय श्रेष्ठका श्रीमती एक छोरी र एक छोरा छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया