श्रावण ३, २०८२ शनिबार July 19, 2025

माओवादी केन्द्रीय समितिको बैठक सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आज दोस्रो दिन पनि शुरु भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार पेश गर्नुभएको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि छलफल भएको हो । माओवादीका केन्द्रीय सदस्य रामप्रसाद सापकोटाका अनुसार अध्यक्षको दुई प्रतिवेदनमाथि समूहगतरुपमा छलफल भएको र टोली नेताले आफनो सुझाव राख्ने कार्यसूची छ ।

अध्यक्ष दाहालको प्रतिवेदनमाथि छलफल गर्न केन्द्रीय सदस्यलाई विभिन्न आठ समूहमा विभाजन गरिएको थियो । समूहका नेताले प्रतिवेदनमाथि धारणा राख्नेछन् । यसअघि पार्टीको स्थायी समितिको बैठक बसेको थियो । बैठकमा केन्द्रीय समितिमा प्रस्तुत भएको राजनीतिक प्रतिवेदन र विधानकाबारेमा छलफल भएको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया