श्रावण ३, २०८२ शनिबार July 19, 2025

अफगानिस्तानमा रहेका नेपालीहरुको पूर्ण सुरक्षाको व्यवस्था गर्न राप्रपाको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन सरकारसँग माग गरेको छ। तालिवानी विद्रोहीको आक्रमण बढ्दै गएपछि आफगानिस्तान गृहयुद्धमा फस्ने खतरा बढेको भन्दै त्यहाँ रहेका नेपालीलाई स्वदेश फर्काउन राप्रपाले माग गरेको हो।

राप्रपाका अध्यक्षत्रय पशुपती शमसेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्तरुपमा जारी प्रेश वक्तव्यमा , ‘अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन र उनीहरुको पूर्ण सुरक्षाको व्यवस्था गर्न राप्रपा नेपाल सरकारसँग माग गर्दछ।’ भनिएको छ ।

यस्तै, राप्रपाले ब्रिटिश गोर्खाका भूपूसैनिकको जायज माग पूरा गराउन सशक्त कुटनीतिक प्रयास गर्न समेत सरकारको ध्यान आकर्षण गरेको छ। ‘भूपूसैनिकको संघर्षप्रति ऐक्यबद्धता जनाउँदै उनीहरुका माग पूरा गर्न बेलायती सरकारसँग आग्रह गर्दछ’, वक्तव्यमा भनिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया