श्रावण १, २०८२ बिहिबार July 17, 2025

एमालेको सिंगो जिल्ला कमिटी नै नेकपा (एकीकृत समाजवादी) पार्टीमा समाहित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमाले माधवकुमार नेपाल समूहको पर्सामा गठन भएको समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी) पार्टीमा रुपान्तरण भएको छ । जिल्ला सचिवालयको मंगलबार बसेको बैठकले सिंगो जिल्ला कमिटी नेकपा (एकीकृत समाजवादी) पार्टीमा समाहित हुने निर्णय भएको हो ।

बालगोपाल थापा अध्यक्ष रहने गरि गठित सिंगो समानान्तर कमिटि माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एस) पार्टीमा समाहित हुने निर्णय गरेको बताइएको छ ।

वीरगन्जमा बसेको सचिवालयको बैठकले प्रतिगमन बिरोधि आन्दोलनले एमाले भित्र संगठित गरेको समानान्तर कमिटी माधव नेपाल नेतृत्वको नेकपा (एस)मा समाहित हुने निर्णय गरेको बताइएको छ ।

नेकपा (एस) का केन्द्रिय सदस्य एवम् पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साहको प्रमुख आतिथ्यमा बसेको बैठकले नवगठित जिल्ला कमिटीको सपथ ग्रहण वीरगंज बसपार्क स्थित सोल्टी पार्टी प्यालेसमा भदौ २६ गते गर्ने निर्णय समेत गरेको छ ।

साथै, अग्रगमनका पक्षधर र इमान्दार कम्युनिष्ट नेता तथा कार्यकर्ताहरुलाई नेकपा एकिकृत समाजवादी पार्टी समाहित हुन आह्वान गरेको छ । बैठकमा वीरगंज महानगर कमिटीका अध्यक्ष मनोज चौधरी, प्रदेश कमिटीका सदस्यहरु किशोरी कुशवाहा, योगेन्द्र यादव लगायतको उपस्थिती रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार