श्रावण १, २०८२ बिहिबार July 17, 2025

झापामा कांग्रेसको वडा अधिवेशन एकदिन ढिलो हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेस पार्टीको वडा अधिवेशन यही भदौं १८ गते देशव्यापी हुने भनिए पनि झापामा भदौं १९ गते मात्र प्रारम्भ हुने भएको छ ।

आन्तरिक व्यवस्थापनका लागि समय अपुग भएका कारण भदौं १९ गते मात्र अधिवेशन प्रारम्भ हुने आज बसेको जिल्लाको विस्तारित बैठकले निर्णय गरेको जिल्ला सभापति उद्धव थापाले बताए ।

अधिवेशनका लागि केन्द्रबाट निर्वाचन अधिकृतको रुपमा सुबोधबाबु चिलवाल आउनुभएको छ । बैठकमा जिल्ला कार्यसमिति, सङ्घीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, गाउँ÷नगरका सभापतिहरुको सहभागितामा रहेको थियो ।

सहमति, सहकार्य र एकता प्रदर्शन गर्दै झापाको निर्वाचन उदाहरणीय बनाउन आग्रह गरेका चिलवालले निर्वाचनका लागि भएको प्रतिस्पर्धालाई गुटगत राजनीतिमा परिणत नगरी सङ्गठन बलियो बनाउन बैठकमा आग्रह गरेका थिए । सभापति थापाले निर्वाचन आचारसंहिता, मतदान अधिकृतको काम कर्तव्य, जिम्मेवारीका विषयमा जानकारी दिएका थिए । जिल्लाको विभिन्न तहको निर्वाचनमा डेमोक्रेटिक लयर्स एशोसिएशन, नेपाल प्रेस युनियन र नेपाल शिक्षक सङ्घ आबद्ध पदाधिकारी/सदस्यलाई निर्वाचन÷मतदान अधिकृतको रुपमा केन्द्रीय निर्देशनअनुरुप खटाइने भएको छ ।

निर्वाचन समितिले १३१ वडाकै मतदान अधिकृतलाई भदौं १८ गते नै खटाउने, सम्बन्धित वडामा पठाउने र निर्वाचन प्रक्रियामा कोभिड–१९ लाई ध्यानमा राखेर सुरक्षाका सम्पूर्ण उपायलाई कडाइका साथ पालना गर्न निर्देशन दिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार