काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालसँग भेट गरेका छन् ।
प्रधानमन्त्री देउवाले डल्लुस्थित खनाल निवास पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
भारतबाट मिर्गौला प्रत्यारोपण गरी हालै स्वदेश फर्किएका खनाललाई प्रधानमन्त्री देउवाले भेटेर स्वास्थ्यलाभको कामना गरेका छन् ।
प्रधानमन्त्री देउवाले नेता खनालको स्वास्थ्यावस्थाबारे जानकारी लिनुका साथै उनको स्वास्थ्यलाभको कामना गरेको प्रधानमन्त्रीका प्रेस सहयोगी गोविन्द परियारले जानकारी दिए ।रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया