श्रावण १, २०८२ बिहिबार July 17, 2025

झापाका ५५ वडामा सर्वसम्मत नेतृत्व चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत जिल्लामा ५५ वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन् ।

पार्टीका जिल्ला प्रचार विभागका प्रमुख कृष्ण हुमागाईका अनुसार १३१ वटा वडामध्ये ती वडामा क्षेत्रीय प्रतिनिधि र वडा कार्य समिति सर्वसम्मत चुनिएको र अन्य वडामा अधिवेशन जारी रहेको छ । यहाँ ३३ हजार बढी क्रियाशील सदस्य छन् ।

जिल्ला सभापति पदमा उम्मेद्वारी घोषणा गर्नुभएका राम कट्टेल क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन हुनुभएको छ । मेचीनगर वडा नं. १० बाट उहाँसहित सबै ८० क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति सर्वसम्मत निर्वाचित हुनुभएको प्रचार प्रमुख हुमागाईले बताउनुभयो । नेता कट्टेल हाल पार्टीको जिल्ला उपसभापति हुनुहुन्छ ।

मेचीनगरका ८, बुद्धशान्तिका ४ , विर्तामोडका ६, अर्जुनधाराका ५, कनकाईका ४, झापा गाउँपालिकाका ७ , शिवसतासीको ३, कमलको १, गौरादहको २, गौरीगञ्जका २, भद्रपुरका ३, बाह्रदशीका ४ वडामा सबै पदमा निर्विरोध निर्वाचन सम्पन्न भएको हो ।

क्षेत्र नं–१ को मेचीनगरमा ६, ७, ८, ९, १०, ११, १२ र १५ नं वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएको जनाउँदै अन्य वडामा समेत सहमतिको प्रयास भइरहेको १ नं क्षेत्रीय सभापति मणि उप्रेतीले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार