असार २१, २०८२ शनिबार July 5, 2025

पीपीएलमा काठमाडौंको दोस्रो जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा काठमाडौं गोल्डेन्सले लगातार दोस्रो जित हात पारेको छ । सुरुवाती दुई खेल गुमाएको काठमाडौं लगातार दुई जितसँगै अघिल्लो चरण प्रवेशको सम्भावना कायमै राखेको छ ।

शनिबार भएको खेलमा काठमाडौंले बिराटनगर टाइटन्सलाई ३६ रनले हराएको हो ।

१६० रनको लक्ष्य पछ्याएको बिराटनगरले अन्तिम दुई बल खेल्नु अघि सबै विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो ।

उसको सुरुवात भने निकै खराब रुहृयो । मात्र ४१ रन जोड्दा ६ विकेट गुमाइसकेका थियो । तर पुनित मेहरा र नोमन खानले सातौं विकेटका लागि ७७ रनको महत्वपूर्ण साझेदारी गरे ।

आक्रमक सर्टहरु खेलेका मेहराले अर्धशतक बनाए । तर १९ औं ओभरको दोस्रो बलमा एलबीडब्लू धरापमा परे, खेल काठमाडौंको पक्षमा गयो ।

३१ बलको सामना गरेका मेहराले तीन चौका र तीन छक्काको मदतमा ५३ रन बनाए ।

खानले २५ रन बनाए । कप्तान प्रदीप ऐरीले २९ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक नै जोड्न सकेनन् ।

काठमाडौंका सुवोध भाटीले ३ विकेट लिए भने अमर रौतेला र बसन्त रेग्मीको नाममा २(२ विकेट रहृयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले पनि पहिला विकेट गुमाउँदा खाता नै खोलेको थिएन । तर कप्तान ज्ञानेन्द्र मल्ल र जयकिशन कोल्साबालाले पारी सम्हाले ।

दुबैले तेस्रो विकेटका लागि ६६ रनको साझेदारी गरे । कोल्साबाला ५५ र मल्ल ४५ रनमा आउट भए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘विकास–निर्माणका काममा राजनीति नगरौँ’ : बिमलेन्द्र निधी
२०८२ असार २१, शनिबार
बालबालिका देशको भविष्य हुन्ः मुख्यमन्त्री कँडेल
२०८२ असार २१, शनिबार
संसदमा प्रश्तुत हुने विधेयकमा गहन अध्ययन गरेर मात्रै संशोधन हाल्नुपर्छ : सांसद कार्की
२०८२ असार २१, शनिबार
माओवादी संसदीय व्यवस्थाकै व्यापारी हो : पूर्ण बस्नेत
२०८२ असार २१, शनिबार
रुसको युक्रेनमा भीषण आक्रमण, ५५० ड्रोन र ११ मिसाइल प्रहार
२०८२ असार २१, शनिबार
नेपाल चिकित्सक संघद्वारा राष्ट्रव्यापी आन्दोलनको घोषणा
२०८२ असार २१, शनिबार
प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल
२०८२ असार २१, शनिबार