काठमाण्डौंः संघीय संसद सचिवालयले संसद बैठकमा उपस्थित हुन सांसदहरुलाई अनुरोध गरेको छ।
सचिवालयका महासचिव डा. भरतराज गौतमले सूचना जारी गर्दै सांसदहरुलाई नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भदौ २३ गते अपराह्न ४ बजे बस्ने बैठकमा उपस्थित हुन आग्रह गरेका हुन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २३ भदौ बुधबारका लागि दुबै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को अधिवेशन शनिवार आह्वान गरेकी थिइन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया