श्रावण १, २०८२ बिहिबार July 17, 2025

एमालेले गठबन्धनसँग प्रतिस्पर्धा गर्छ : अध्यक्ष ओली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले पाँच दलीय गठबन्धनसँग प्रतिस्पर्धा गरेर जनमत ल्याउने विश्वास व्यक्त गर्नुभएको छ । पार्टी निकट राष्ट्रिय युवा सङ्घ नेपालले आज आयोजना गरेको भेलामा पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी अबको एमालेलाई फुट्दा नफुट्ने, निःस्वार्थी र देश बनाउन सक्षम शक्ति बनाउनेछौँ ।”

उहाँले सरकारले राष्ट्रिय स्वाधीनताका पक्षमा प्रदर्शन गर्ने र अभिव्यक्ति दिनेलाई कारबाहीको चेतावनी दिनु लोकतन्त्रको मर्मविपरीत भएको बताउनुभयो । अध्यक्ष ओलीले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो पार्टीले कारबाही सिफारिस गरेका सांसदलाई कारबाही नगरेको गुनासो गर्नुभयो ।

एमालेका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले सर्वाेच्च अदालतले गत असार २८ गते दिएको संसद् पुनस्र्थापना र प्रधानमन्त्री नियुक्तिसम्बन्धी फैसलाप्रति आफ्नो पार्टीको विमति रहेको बताउनुभयो । युवा सङ्घका इन्चार्ज महेश बस्नेतले सरकारले सुकुम्बासी र भूमिहीनतलाई जमिन दिन गठित आयोगलाई विघटन गरेर निराश बनाएको आरोप लगाउनुभयो । सङ्घका अध्यक्ष किरण पौडेलले समृद्धिको स्पष्ट योजनासहित अघि बढिरहेको सरकारलाई पार्टीकै केही नेताको संलग्नतामा हटाइएको आरोप लगाउनुभयो ।

कार्यक्रममा रेस्लिङ खेलाडी विष्णु सिंह, बडिबिल्डर मिलन श्रेष्ठ, काठमाडौँका प्रतीक श्रेठ, नरेश महर्जन, मनोहर श्रेष्ठ, प्रवीण सिलवाल, विकास शाक्य लगायतलाई पार्टी प्रवेश गराइएको थियो । सो अवसरमा कलाकार जीवन शर्मा, राजाराजेन्द्र पौडेल लगायतले प्रस्तुति दिनुभएको थियो भने अध्यक्ष ओलीले आफूहरूले आगामी दिनमा जीवन शर्मा साङ्गीतिक कार्यक्रम गर्ने घोषणा गर्नुभयो । सोही अवसरमा सगरमाथाको शिखरमा २०७८ साल जेठ १७ गते पुगेर अध्यक्ष ओलीको फोटो लैजान सफल सङ्खुवासभाका कार्यकर्ता पासाङ शेर्पा ग्याल्जेनको शिखर चुमेको तस्बिर हस्तान्तरण गरिएको थियो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार