श्रावण १, २०८२ बिहिबार July 17, 2025

नेपाली कांग्रेसको ९० वडामा अधिवेशन सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसको १४औँं महाधिवेशन अन्तर्गत जिल्लाका ९० वडाका अधिवेशन सम्पन्न भएका छन् ।

ती मध्ये ८३ सर्वसम्मत् र ७ मा निर्वाचनमार्फत वडा समिति र क्षेत्रीय प्रतिनिधि छनोट गरिएको हो । कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठले बाँकी ८ वडामा आज निर्वाचनको प्रक्रिया सुरुआत भएको जानकारी दिनुभयो । बाँकी रहेका वडामा राप्ती नगरपालिका–६, खैरहनी नगरपालिका–४, भरतपुर महानगरपालिका–४, ६, ७, १५, र १९ छन् ।

यस्तै माडी नगरपालिका–१ मा निर्वाचन आजै हुँदै छ ।राप्ती र खैरहनीमा निर्वाचनको प्रक्रिया सुरु भइसकेको उहाँले बताउनुभयो । भरतपुर–४ र माडी –१ मा वडा समिति टुङ्गिएको र क्षेत्रीय प्रतिनिधिका लागि सर्वसम्मत्को प्रयास भइरहेको छ ।

अन्य बाँकी रहेका वडामा निर्वाचनको प्रक्रिया सुरु भइसकेको उहाँले बताउनुभयो । सभापति श्रेष्ठका अनुसार आज र भोलिमा वडा अधिवेशन टुङ्गो लाग्ने छ । जिल्लामा रहेका सात पालिकामा ९८ वडा छन् । वडा अधिवेशन सकिएसँगै नगर अधिवेशनको तयारी गरिने छ ।

महाधिवेशनकै सिलसिलामा यही भदौ २७ गते नगर अधिवेशन हुने छ । जिल्लामा एउटा महानगरपालिका, पाँच नगरपालिका र एउटा गाउँपालिका छन् । अगामी असोज १ गते प्रदेशको अधिवेशनले प्रदेश महाधिवेशन प्रतिनिधि र प्रदेश कार्यसमिति बनाउने छ ।

असोज ५ गते क्षेत्रको अधिवेशन हुने निर्वाचन तालिका छ । तालिका अनुसार असोज १० गते जिल्ला अधिवेशन हुने छ । जिल्ला सभापति पदमा ८ जनाको दाबी गरिरहेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार