असार २३, २०८२ सोमबार July 7, 2025

राष्ट्रिय सभाको बैठक चार बजे बस्दैः बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेश पेश हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय सभाको बुधबारको बैठकमा राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ पेस हुने भएको छ।

संघीय संसदको नवौँ अधिवेशन सुरु भएकै दिन बुधबार सो अध्यादेश पेस हुने भएको हो। यसअघि बुधबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो। सो बैठकपछि सार्वजनिक गरिएको राष्ट्रिय सभाको बुधबारको बैठकको सम्भावित कार्यसूचीमा सो अध्यादेश र संविधान सभा सदस्य जुठबहादुर खड्की (जेबी टुहुरे) को निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ।

यसअघि बैठकको सुरुमै अध्यक्षले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा वाचन गरेर सुनाउने कार्यसूचीमा उल्लेख छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया