श्रावण १, २०८२ बिहिबार July 17, 2025

काँग्रेसमा कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली काँग्रेसको केन्द्रीय पदाधिकारीमा अब कोषाध्यक्षबाहेक अन्य सबै पदमा निर्वाचनकै माध्यमबाट पदाधिकारी निर्वाचित हुने भएका छन् । पार्टीमा अब एक जना सभापति, दुई जना उपसभापति, दुई जना महामन्त्री र आठ जना सहमहामन्त्री रहने छन् ।

विगतमा उपसभापति, एक जना महामन्त्री, सहमहामन्त्रीलगायतको पदमा सभापतिले मनोनीत गर्ने गरिएकोमा पार्टीको १४औँ महाधिवेशनबाट अब कोषाध्यक्षबाहेक सबै पदाधिकारी महाधिवेशन प्रतिनिधिबाटै निर्वाचित भएर आउने विधानमा उल्लेख छ ।

पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले मुख्य पदमा निर्वाचनबाट पदाधिकारी चयन हुनुपर्ने कार्यकर्ताको आवाजलाई विधानबाट सम्बोधन गरेर कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो । काँग्रेसका लागि यो पहिलो पटकको परीक्षण भएकाले यसका आधारमा आगामी दिनमा नयाँ नीतिगत व्यवस्था गर्न सकिने उहाँको भनाइ छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टीको १४औँ महाधिवेशनमा पार्टीले थप गरेका सबै पदमा निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको बताउनुुभयो । पदाधिकारीमा काँग्रेसले यस पटक आठ जना सहमहामन्त्रीको व्यवस्था गरेको छ । १३औँ महाधिवेशनबाट एक जना मात्र मनोनीत सहमहामन्त्रीको व्यवस्था गरिएकोमा यस पटक आठवटै पद निर्वाचित हुने प्रावधान राखिएको छ ।

काँग्रेसको विधानमा महिला, आदिवासी/जनजाति, दलित, मधेसी, खसआर्य, थारू, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक/एक जना गरी आठ जना सहमहामन्त्री निर्वाचित गर्ने प्रावधान छ । दस वर्ष निरन्तर काँग्रेसको क्रियाशील सदस्य भएका सम्बद्ध क्षेत्रका केन्द्रीय महाधिवेशन प्रतिनिधिले सहमहामन्त्रीको चयन गर्ने छन् ।

सहमहामन्त्रीको पदलाई समावेशिताका आधारमा निर्वाचन गर्ने व्यवस्था काँग्रेसले पहिलो पटक कार्यान्वयनमा ल्याउँदैछ । विशेषगरी निर्वाचनबाट प्रभावशाली व्यक्तिहरू निर्वाचित हुन सक्ने भए पनि यसले नीतिगत खालको समस्यासमेत ल्याउन सक्नेतर्फ पनि आफूहरू सजग रहेको जनाइएको छ । खासगरी गरी धेरै पदाधिकारीमा निर्वाचन हुँदा धेरै गुट उपगुटमा सिर्जना हुन सक्ने चिन्ता थपिएको उहाँ बताउनुहुन्छ ।

काँग्रेसको विधानमा कम्तीमा पन्ध्र वर्ष निरन्तर क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट केन्द्रीय सभापति निर्वाचित हुने प्रावधान छ । त्यसैगरी कम्तीमा १० वर्ष निरन्तर काँग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट निर्वाचित गरेका दुई जना उपसभापति र दुई जना महामन्त्री चयन हुने प्रावधान छ ।

१४औँ महाधिवेशनमा नयाँ प्रावधान कार्यान्वयनमा लगिएसँगै काँग्रेसको पदाधिकारीको सङ्ख्या १४ पुगेको छ । यसअघि निर्वाचित र मनोनीत गरेर काँग्रेसको पदाधिकारीको सङ्ख्या पाँच जनाको थियो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार