श्रावण १, २०८२ बिहिबार July 17, 2025

भारतीय कम्पनी युमेडिकाको औषधि आयातमा प्रतिबन्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: औषधि व्यवस्था विभागले भारतीय उत्पादक कम्पनी युमेडिकाको औषधि नेपाल आयातमा प्रतिबन्ध लगाएको छ।

अघिल्लो साता विभागले कम्पनीको आयात अनुमतिपत्र नै खारेज गरी औषधि आयातमा प्रतिबन्ध लगाएको विभागले जनाएको छ।

विभागका महानिर्देशक नारायण ढकालका अनुसार अनुगमनका क्रममा नेपाली बजारमा आयातित कम्पनीको एउटा औषधिमा बाहिरी लेभलअनुसार भित्री औषधि फरक पाइएपछि आयातमा प्रतिबन्ध लगाइएको हो। कम्पनीबाट उत्पादित एन्टिबायोटिक सेफ्रोमेक्सिन लेखिएको लेभलको प्याकेटभित्र सेफालोजिन औषधि राखिएको थियो।

सेफालोजिन हजार एमजीको छ भने सेफ्रामेक्सिन ७ सय ५० एमजीको छ। एउटा रोगका लागि प्रयोग गरिने सेफ्रामिक्सिनभित्र फरक रोगमा प्रयोग गरिने र तलमाथि डोजमा एन्टिबयोटिक हुनु भनेको उपचारमा फरक पर्न जाने हुनाले उपभोक्तामा असर पर्ने विभागका प्रमुख ढकालको भनाइ छ।

औषधि व्यवस्था विभागले भारतीय औषधि उत्पादक कम्पनी युमेडिकाको सबै औषधि नेपाल आयातका लागि रोक लगाएको छ। नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार