असार २३, २०८२ सोमबार July 7, 2025

पार्टीमा सरकारमा जान विवाद छैन, एमसीसी यथास्थितिमा पारित हुँदैन : जगन्नाथ खतिवडा (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तपाईंहरु सरकारमा जाने भनेको धेरै भयो । तर, अझै सरकारमा जाने विषय टुंगो लगाउन सक्नु भएको छैन, कारण के हो ?

हामी सरकारमा जाने भनेका छौं, जाने हो, यसमाकुनै दुईमत छैन । हामीले आफ्ना आन्तरिक कुराहरु गर्दैछौं । भदौ २२ गतेसम्म हामीले देशभरिका जनप्रतिनिधिहरुलाई नेकपा (एकीकृत समाजवादी) मा समाहित गर्नका लागि जिल्ला निर्वाचन कार्यालयमा हस्ताक्षर गराउने कार्यमा लागेका थियौ ।

त्यसैले हामी सबै नेताहरु देशैभरि व्यस्त थियौँ । अहिले यो व्यस्तता सकिएर सत्ता गठबन्धनबीच छलफल भइरहेको छ । अब छिटै सरकारमा सहभागी हुने र मन्त्रिपरिषद् विस्तार हुने अवस्था बनिरहेको छ ।

सत्ता गठबन्धनमा तपाईंहरुले कुन–कुन मन्त्रालय पाउने र कहिले सहभागी हुने भन्ने कुरा मिल्यो ?

हैन एक-दुई दिन पछाडि पनि हुन सक्ला । तर, हामी तयारी भएर बसेका छौं । त्यसैले यसमा अन्यौलमा पर्ने वा भ्रममा पर्ने स्थिति छैन् ।सरकारमा सहभागी हुने हो । सबै दलबीच सहमति बनिसकेको छ ।

पार्टीबाट कुन कुन नेता मन्त्री बन्ने भन्ने एकिनभएको छ किअझै बाँकी छ ?पार्टीभित्र आकांक्षी धेरै भए, कुरा मिलेन भन्ने कुरा आइरहेको छ नि ?

छैन, अहिले हामीलाई केही पनि गाह्रो छैन । २०–२२ जना हाम्रा प्रतिनिधीहरु हुनुहुन्छ । कोही व्यक्तिहरुलाई निर्वाचन आयोगले सनाखत गरि दिएन । त्यसैले यति थोरैलाई व्यवस्थापन गर्न हामीलाई गाह्रो छैन ।

दोस्रो कुरा, सांसद पद नै त्यागेर आन्दोलनमा होमिनु भएका हाम्रा मित्रहरुले मन्त्री पद नपाउँदा त्यसमा कुनै उत्पाद गर्छन् भन्ने कसैले सोचेको छ भने त्यो गलतहो । उहाँहरुको त्यागको अबमूल्यन हो । त्यसकारणले उहाँहरुले त्यस्तो केही भन्नु भएको छैन् ।

पार्टीले पाउने मन्त्रालयको संख्याभन्दा आकांक्षी धेरै भएर पार्टीमा नै मन्त्री छान्न हम्मेहम्मे परेको कुरा आइरहेको छ नि ?

तपाईले भनेको यो बाहिरी हल्ला मात्रै हो । त्यस्तो अहिलेसम्म पार्टीमा केही छैन । कम्युनिष्ट आन्दोलनको आदर्श र नीतिहरुलाई कार्यान्वयन गर्न अगाडी बढेको मान्छे आज नभए अर्को पटक चुनाव जितेर मन्त्री भइन्छ । यसमा हामीलाई कुनै समस्या छैन । सबै साथीहरु त्याग गर्न र सहमतिमा अगाडि बढ्न तयार हुनुहुन्छ ।

केही सांसदहरु त मन्त्री नबनाइए पूरानो पार्टीमै फर्किने भनेर धम्की दिएकाले दलभित्रबाट मन्त्रीमा पठाउने व्यक्तिको छनोट नभएको हल्ला छ नी ?

यो कुरा सत्य होइन । को मन्त्री हुन्छ भन्ने कुरा निर्णय भएपछि मात्र थाहा हुन्छ । योग्यता र मान्छेको कार्यक्षमता हेरिन्छ । हामीलाई मन्त्री कस्लाई बनाउने भन्ने कुनै कुराको समस्या छैन । उहाँहरुले त हामीहरु मिलेर जानुपर्छ, सच्चा कम्युनिष्ट पार्टी बनाउनु पर्छ भनेर भनिरहनु भएको छ, तपाई त्यसको ठीक उल्टो कुरा गरिरहनु भएको छ ।

तुइन काण्डमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन तपाईको पार्टीको विद्यार्थी संगठनले ग¥यो । सरकारले भारत विरोधी गतिविधि नगर्न भनेको थियो । गृह मन्त्रालयले पनि त्यस्तै विज्ञप्ति जारी गरेको थियो । किन यस्तो भएको हो ?

हो, मैले पढें । यो भारतविरुद्धको अभियान होइन । कतिपय नीति र क्रियाकलापको विरुद्धमा जनसंगठनहरुले गरेको विरोध अभियान हो । हामी कहिल्यै पनि कुनै देशको, कुनै शक्तिको अनिकुनै ब्यक्तिको विरोध गर्दैनौं ।

अब खाली उसले सञ्चालन गरेका कामहरु र उसका गतिविधिले नेपालको राष्ट्रियता, सार्वभौमिकताको हितमाथि असर पर्याे भने हामीले विरोध गर्छौ । त्यसैले आज जनसंगठनहरुले गरिरहेका छन् । पार्टीले कुनै धारणा बनाएर निर्देशन दिएको पनि छैन् र पार्टी राष्ट्रियताको पक्षमा सधैंभरि उभिन्छ भन्ने कुरामा दुई मत छैन ।

सत्तारुढ पार्टीले सरकारको विपक्षमा आन्दोलन गर्न मिल्छ ? आफै मुलुकको प्रधानमन्त्री र भारतको प्रधानमन्त्रीको सँगै पुत्ला जनाउन मिल्छ ?

सरकार र पार्टी अन्तर सम्बन्धित पनि हुन्छन् कहिले काहीँ अन्तर विरोधी पनि हुन्छन् । हामी अन्तर सम्बन्धित छौं । हाम्रो यो सरकारलाई समर्थन छ । सरकारले गरेका राम्रा कामहरुलाई बोकेर हामी सधंै तयार हुन्छौं । तर, सरकारले गलत ग¥यो, गलत निर्यण लिनथाल्यो, अनि राष्ट्र राष्ट्रियता जनसेवा जस्ता कुरामा चुक्यो भने त्यसलाई सच्याउने र आलोचना गर्ने पनि हाम्रो अधिकार रहन्छ ।

सत्तारुढ दलको भातृ संगठनले मोदीको पुत्ला दहन गर्दा त्यसलाई तपाईंहरुले समर्थन गर्नु भएको हो ?

यो एउटा स्वतन्त्र ढंगले संगठित एउटा भातृ संगठन हो । अनेरास्ववियु अथवा युवा संघलाई आफ्ना गतिबिधी सञ्चालन गर्ने अधिकार रहेको छ । हाम्रो मुल नीतिभन्दा टाढा रहेर उसले गतिबिधी गर्दैन । आफ्ना असहमतिहरु राख्छ । समाजका कुनै पनि संस्थाले आफ्ना असहमतिहरु राख्छन् । यो कुरालाई अन्यथा मान्नु हुदैन् । ७० वर्ष लामो इतिहासमा यस्तो धेरै पटक भएको छ ।

प्रसंग बदलौँ, प्रधानमन्त्रीले एमसीसी पास गर्नको लागि संसद्मा प्रस्ताव ल्याइसक्नु भयो, यसमा तपाईंको पार्टीको भूमिका के हुन्छ ?

प्रधानमन्त्रीको निजी विचार होला । त्यो कुरामा राजनीतिक दलहरुको सहमति भएको छैन । हाम्रो पार्टीको कुरा गर्नुहुन्छ भने कमरेड झलनाथ खनालको नेतृत्वमा नेकपा कालमा नै एउटा प्रतिवेदन तयार पारेका छौं ।

हाम्रो आधारभुत मान्यता त्यही प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यहाँ रहेका नेपालको राष्ट्रिय सार्वभौमिकता माथि खलल पुर्याउने केहीबुंदा सच्याउँदा मात्र एमसीसी अगाडी बढ्न सक्छ भन्ने हाम्रो सुझाब छ । त्यो प्रतिवेदनलाई पुनः सार्वजनिक गरिदिनु हुन म अनुरोध गर्दछु ।

यथास्थितिमा संसद्मा एमसीसी पेस भयो भने तपाईहरुले समर्थन गर्नुहुँदैन त ?

यथास्थितिमा संसद्मा यो पेश हुदैन होला । सत्तारुढ गठबन्धनमा पक्कै छलफल हुन्छ होला । तसर्थ परिमार्जन सहित पारित हुन्छ । यथास्थितिमा पारित हुँदैन । राजतिलकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया