असार २९, २०८२ आइतबार July 13, 2025

नेकपा एकिकृत समाजबादीको वाग्मती प्रदेश कमिटी बैठक काठमाडौंमा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को वाग्मती प्रदेश कमिटी बैठक यही असोज १९ गते काठमाडौंमा हुने भएको छ ।

वाग्मती प्रदेशका सबै तहमा कसरी संगठन विस्तार गर्ने तथा राजनीतिक कार्यक्रम प्रभावकारीरूपमा सञ्चालन गर्न आवश्यक कार्य योजना निर्माण गर्नेलगायत विषयमा बैठकमा छलफल हुने कमिटीका सहइञ्चार्ज जीवनराम श्रेष्ठले जानकारी दिए ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा हुने उक्त कार्यक्रममा पार्टीले सञ्चालन गर्ने राजनीतिक कार्यक्रम तथा अन्य अभियानमा प्रदेशको कमिटीले निर्वाह गर्नुपर्ने भूमिकामा समेत सहभागी नेताबाट सुझाव संकलन गरिने छ । कमिटीलाई सशक्त बनाउन कार्य विभाजनका साथै नेतालाई जिम्मेवारी दिइनेछ ।

बैठकमा उक्त प्रदेशभित्रका पार्टीका केन्द्रीय सदस्य, प्रदेश कमिटीका सदस्यलगायत २०० जनाको सहभागिता हुनेछ । स्थानीय तहमा जनताका समस्यालाई केन्द्रमा राखेर समाधान गर्न नेता तथा कार्यकर्तालाई कसरी परिचालन गर्ने भन्नेबारे प्रशिक्षण दिइनेछ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सांगठनिक विस्तार तथा राजनीतिक अभियान यही असोज ९ गते सञ्चालन गरिन लागेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया