असार २१, २०८२ शनिबार July 5, 2025

माघ १६ देखि ढाेरपाटन महिला भलिबल : बढ्यो पुरस्कार रकम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको १५औं संस्करणको पुरस्कार रकममा वृद्धि गरिएको छ। आयोजक ढोरपाटन स्पोर्ट्स क्लबले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको यो संस्करणमा पुरस्कार रकममा वृद्धि गरिएको जानकारी दिएको हो।

यो संस्करणको विजेताले ४ लाख ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै दोस्रो हुनेले २ लाख ५ हजार, तेस्रोले १ लाख ५ हजार, चौथोले ७५ हजार, पाँचौँले ५५ हजार, छैठौँले ४५ हजार र सातौँले ३५ हजार रुपैयाँ हात पार्नेछ। यसपटक ४ स्कुटी र २ थान मोटरसाइकल वितरण गरिने आयोजकले जनाएको छ। गत वर्षको विजेताले ३ लाख ५० हजार रुपैयाँ पाएको थियो।

प्रतियोगिताको १५औं संस्करण माघ १६ देखि २८ गतेसम्म काठमाडौंस्थित नयाँ बसपार्कमा हुनेछ।

प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, टप्स मावि पोखरा, बुलबुले रारा कर्णाली क्लब, न्यु डायमन्ड एकेडेमी, पारामाउन्ट स्कुल, थ्रीस्टार एकेडेमी, चुली युवा क्लब सुर्खेत, चितवन टाइग्रेस, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र आयोजक ढोरपाटन क्लब गरी १२ टोली सहभागी हुनेछन्। प्रतियोगितालाई सानमिगेल बियरले मुख्य प्रायोजन तथा युएम स्कुटीले सहप्रायोजन गरेको छ।

भाग्यमानी दर्शकले एक थान मोटरसाइकल पाउनेछ। ग्रेट अचिमेन्ट अवार्डबाट एक खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन्। उदीयमान खेलाडी, वर्ष खेलाडी, प्लेयर अफ दि इयर सिरिज र उत्कृष्ट खेलाडीले समान १ थान स्कुटी हात पार्नेछन्।

यस्तै आयोजकले तीन विदेशी खेलाडी ल्याउने टोलीलाई १ लाख २० हजार भत्ता दिने बताएको छ। व्यक्तिगत विधातर्फको विजेताले जनही ७ हजार रुपैयाँ हात पार्नेछन्।

१४औं संस्करण सकिँदा एपीएफले ६ पटक उपाधि उचालेको छ। पोखराको ज्ञानुबाबाले ५ पटक, नेपाल पुलिस क्लब र रिड मोडलले एक–एक पटक उपाधि जितेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘विकास–निर्माणका काममा राजनीति नगरौँ’ : बिमलेन्द्र निधी
२०८२ असार २१, शनिबार
बालबालिका देशको भविष्य हुन्ः मुख्यमन्त्री कँडेल
२०८२ असार २१, शनिबार
संसदमा प्रश्तुत हुने विधेयकमा गहन अध्ययन गरेर मात्रै संशोधन हाल्नुपर्छ : सांसद कार्की
२०८२ असार २१, शनिबार
माओवादी संसदीय व्यवस्थाकै व्यापारी हो : पूर्ण बस्नेत
२०८२ असार २१, शनिबार
रुसको युक्रेनमा भीषण आक्रमण, ५५० ड्रोन र ११ मिसाइल प्रहार
२०८२ असार २१, शनिबार
नेपाल चिकित्सक संघद्वारा राष्ट्रव्यापी आन्दोलनको घोषणा
२०८२ असार २१, शनिबार
प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल
२०८२ असार २१, शनिबार