श्रावण ३, २०८२ शनिबार July 19, 2025

न्यादी हाइड्रोको २२ लाख ५० हजार कित्ता शेयर खुल्योः असोज १९ गतेसम्म आवेदन दिन पाईने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः न्यादी हाइड्रोपावरले असोज १५ गते सर्बसाधारणलाई आईपिओ  बिक्रि खुला गरेको छ। कम्पनीले सर्बसाधारणलाई २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

जस मध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्टाएको छ। बाँकि रहेको २० लाख ९२ हजार ५ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन्।  शेयर निष्काशनको लागि  ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

यस आईपिओमा सर्बसाधारणले असोज १९ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन सकिने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया