असार २८, २०८२ शनिबार July 12, 2025

सभापति देउवाद्वारा मङ्सिरभित्रै पार्टीको महाधिवेशन सम्पन्न गर्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिरभित्रै १४औँ महाधिवेशन गर्ने गरी अघि बढ्न पार्टीको केन्द्रीय निर्वाचन समितिलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा समितिका पदाधिकारीसँगको भेटमा उहाँले महाधिवेशनको कार्यतालिकामा केही हेरफेर गर्नुपरे पनि मङ्सिरभित्रै महाधिवेशन सम्पन्न गर्न आग्रह गर्नुभएको समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभयो । कांग्रेसले यस अघि निर्धारण गरेको महाधिवेशनअन्तर्गत स्थानीय तहका सबै अधिवेशन समय मै हुन नसक्दा कार्यतालिका केही प्रभावित भएपछि महाधिवेशन कार्यतालिका परिमार्जन गर्नुपर्ने देखिएको छ ।

हालसम्म वडा अधिवेशन प्रारम्भ हुन नसकेका १३ जिल्लाको अधिवेशन कहिले सुरु गर्ने भन्ने समितिको जिज्ञासामा सभापति देउवाले अधिवशेनको मिति परिमार्जन गर्ने अधिकार समितिको भएको उल्लेख गर्दै छठपछि गर्दा उपयुक्त हुने सल्लाह दिनुभएको थियो । सो अवसरमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपभापतिद्वय विलेन्द्र निधि र विजयकुमार गच्छदार, नेता कृष्णप्रसाद सिटौला र सहमहामन्त्री डा प्रकाशशरण महत उपस्थित हुनुहुन्थ्यो ।

कांग्रेसको महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म निर्धारण गरिएको छ । पार्टीले गत भदौ १८ गतेदेखि वडा अधिवेशन प्रारम्भ गरेको थियो । कांग्रेसले हालसम्म १३ हिमाली जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ । यसबाहेक ४७ जिल्लामा पालिकास्तरको अधिवेशन सम्पन्न भइसकेको र बाँकी चार जिल्लामा वडा अधिवेशन सम्पन्न भइ केहीबाहेक पालिकास्तरको अधिवेशन सम्पन्न भएको संयोजक यादवले बताउनुभयो ।  रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार