असार २७, २०८२ शुक्रबार July 11, 2025

पार्टी काममा फर्किए नेता खनाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाणंडौः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल स्वास्थ्य उपचारपछि आज पार्टी काममा फर्किनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय, मीनभवन, आलोकनगरमा दिउँसो २ देखि साँझ ५ बजेसम्म उपस्थित भइ उहाँ प्रमुख रहनुभएको विदेश विभागको पहिलो बैठकमा सहभागी हुनुभयो । उहाँले विभागका सदस्यसँग विभागका आगामी कामबारे छलफल गर्नुभयो ।

पूर्वप्रधानमन्त्री खनालले विदेश विभागको सचिवमा डा शङ्कर खतिवडालाई मनोनयन गर्नुभएको छ । उहाँले पार्टी कार्यालयका पदाधिकारी तथा कर्मचारीसँग कार्यालयको अवस्था लगायतका प्राविधिक विषयमा जानकारी लिनुभएको छ ।

गत साउन २० गते भारत, नयाँदिल्लीस्थित एपोलो हस्पिटलमा मिर्गौला प्रत्यारोपण गरेपछि चिकित्सकको सल्लाहमा उहाँ घरमै आराम गरेर बस्नुभएको थियो । मिर्गौला उपचारका क्रममा उहाँले सुरुमा काठमाडौँस्थित नर्भिक अस्पतालमा र त्यहाँका चिकित्सकहरुको रायका आधारमा थप उपचारका निम्ति गत असार २ गते दिल्लीस्थित एपोलो अस्पताल जानुभएको थियो । मिर्गौला प्रत्यारोपणपछि उहाँ दिल्लीबाट भदौ १४ मा स्वदेश फर्किनुभएको हो ।

चिकित्सकहरूले तीन महिना पूर्ण आराम गर्न सल्लाह दिएका कारण त्यस अवधीभर उहाँ कुनै पनि कार्यक्रममा उपस्थित हुनु भएन । उक्त समय अवधि सकिए पनि अझै केही समय सार्वजनिक कार्यक्रम (भेला, बैठक, सभा) मा नजाने हुनुभएको छ ।

पार्टीका आन्तरिक गतिविधिमा भने उहाँ सहभागी हुनुहुने भएको छ । नेकपा (एकीकृत समाजवादी) गठन भएपछि उहाँ एउटा सचिवालय बैठकमा उपस्थित हुनुभएको थियो तर पार्टी कार्यालय स्थापना भएपछि उहाँ पहिलोपटक कार्यालय आउनुभएको हो । उहाँ अब नियमित रुपमा कार्यालयमा रहनुहुने भएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार