असार २७, २०८२ शुक्रबार July 11, 2025

प्रचण्ड बिरामी भएर महोत्तरीमा रोकिएको कार्यक्रमलाई दुष्प्रचार गरियो : नेता पोखरेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिरामी भएपछि स्थगित भएको कार्यक्रमलाई लिएर कतिपयले दुष्प्रचार गर्न खोजेको स्थायी समिति सदस्य  गिरिराजमणि पोखरेलले बताएका छन् ।

अध्यक्ष प्रचण्ड जनकपुरमा आएर माछा भोजन गरेर फर्किएको भन्ने हल्ला हुन थालेपछि नेता पोखरेलले उनीहरूलाई लक्षित गर्दै यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्ड महोत्तरीको रामगोपालपुर आएर स्वास्थ्य चौकी उद्घाटन गर्नेदेखि आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।

दुष्प्रचारलाई चिर्दै उच्च मनोबलसहित काममा जुट्न महोत्तरीका नेतालाई उनले आग्रह गरेका छन् । अध्यक्ष प्रचण्डको स्वास्थ्यमा समस्या आई कार्यक्रम स्थगित भएपछि तत्काल बैठक बसी अध्यक्ष प्रचण्डकै प्रमुख आतिथ्यतामा यथाशक्य कार्यक्रम गर्ने सहमति भएको उनले बताए ।- विशाल बस्नेत/न्युज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार