असार २८, २०८२ शनिबार July 12, 2025

कांग्रेस महाधिवेशन : लेबी नबुझाए उम्मेद्वार बन्न नपाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डौंः नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा पार्टीमा लेबी नबुझाउने कार्यकर्ता उम्मेदवार  बन्न पाउने छैनन् । कांग्रेस लमजुङको बैठकले पार्टीमा लेबी बुझाए मात्र उम्मेद्वारी दिन पाउने निर्णय गरेको हाे ।

बैठकले पार्टीको जिल्ला कार्यसमिति र क्षेत्रीय समितिको विभिन्न पदमा रहने पदाधिकारी एवं सदस्यले लेबी नबुझाएसम्म आगामी अधिवेशनमा कुनै पनि पदमा उम्मेदार बन्न नपाउने निर्णय गरेको जिल्ला सभापति भेषबहादुर पौडेलले बताए ।

अधिवेशनमा क्षेत्रीय समिति, जिल्ला कार्यसमिति, प्रदेश क्षेत्रीय प्रतिनिधि वा महाधिवेशन प्रतिनिधिका लागि उम्मेद्ववार बन्न अनिवार्य लेबी बुझाउनुपर्ने निर्णय भएको उनले बताए ।

कांग्रेस लमजुङका अनुसार पार्टीमा जिल्ला कार्यसमितिमा रहेका पदाधिकारी एवं सदस्यले ५ हजारदेखि १५ हजार सम्म लेबी बुझाउनुपर्ने विधानत: प्रावधान  छ भने क्षेत्रीय समिति पदाधिकारी एवं सदस्यले पनि ३ हजार रुपैयाँ लेबी तिर्नुपर्ने प्रावधान छ । सो बाहेक पार्टीका तर्फबाट निर्वाचित स्थानीय तह वडा अध्यक्ष एवं वडा सदस्यले पनि पार्टीमा लेवी तिर्नुपर्ने वैधानिक प्रावधान रहेको कांग्रेसले जनाएको छ ।न्युज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार