असार २३, २०८२ सोमबार July 7, 2025

करोडौं मूल्यका चोरिएका सामानसहित दुई जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः करोडौँ मूल्यका गरगहना, ल्यापटप र नगद रकम चोरी ल्याएका दुई जनालाई कञ्चनपुरको बेलौरीबाट प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १ फटिया बस्ने ३८ वर्षीय लाल बहादुर शाही र कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ४ बस्ने ३८ वर्षीया विष्णु कुमारी सिंह शाहीलाई मङ्गलवार बेलौरीबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक कैलाश सिंह विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार भारतको बैङ्गलोरबाट हालै स्वदेश फर्किई बेलौरी स्थित शाहीको घरमा बसिरहेका दुवै जनाको साथबाट ठूलो मात्रामा गरगहना, मूर्ति सहित ल्यापटप र विभिन्न देशका मुद्राहरू समेत बरामद गरिएको छ ।

प्रारम्भिक अनुसन्धान पछि थप कारबाहीका लागि उल्लेखित दुवै जना र सामानहरू इलाका प्रहरी कार्यालय बेलौरीको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक कैलाश सिंह विष्टले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार