असार २४, २०८२ मंगलबार July 8, 2025

अन्ततः एसपी मल्लले चितवन छाडे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राजनीतिक आडमा संगठनको चेन अफ कमाण्डलाई लत्याएको आरोप लागेका प्रहरी उपरीक्षक ९एसपी० दानबहादुर मल्लले रमाना बुझेका छन् ।
चितवन प्रहरी प्रमुख मल्ललाई प्रहरी प्रधान कार्यालय, नक्सालले ४ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरेको थियो । तर, उनले अवज्ञा गर्दै जिल्ला छाड्न मानेका थिएनन् ।

बिहीबार ३ नं। प्रदेश प्रहरी कार्यालय, हेटौंडाले उनलाई १२ घन्टाभित्र रमाना बुझ्न निर्देशन दिएको थियो । त्यसपछि शुक्रबार बिहान उनले ट्वासीलाई ‘चार्ज’ बुझाएर जिल्लाबाट रमाना लिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले बताएका छन ।

चितवनमा एसपी गंगा पन्तको सरुवा गरिएको थियो । पन्तको सरुवामाथि भने पुनर्विचार हुनसक्ने स्रोतले बतायो ।

मल्ल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्वपीएसओ हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया