असार २८, २०८२ शनिबार July 12, 2025

काँग्रेस काठमाडौं क्षेत्र नं ६ प्रदेश ‘क’ को सभापतिमा ख्यामराज तिवारी निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश ‘क’को सभापतिमा ख्यामराज तिवारी निर्वाचित भएका छन् । पार्टीको १४औँ महाधिवेशअन्तर्गत आज सम्पन्न प्रदेशसभा अधिवेशनमा तिवारी निर्विरोध निर्वाचित भएका हुन् । नवनिर्वाचित सभापति तिवारी काठमाडौँ महानगरपालिका–२६ का वडाअध्यक्ष समेत छन् ।

यस्तै, उपसभापतिमा सुमित्रा अणु जोशी, खेमकुमारी खड्का, सचिवमा लीला कार्की र प्रज्वला श्रेष्ठ तथा सहसचिवमा राजुमान डङ्गोल र गोविन्द पौडेल निर्वाचित भएको निर्वाचन अधिकृत सन्तोष पण्डितले जानकारी दिए । प्रदेश अधिवेशन प्रतिनिधिमा सुनिल बैद्य, प्रकाश श्रेष्ठ, मोतीबहादुर थापा, रम्बा रजक, महेश कुँवर, पशुपति गुरुङ, माधवराज नेपाल, अन्जना रावल, गीता सिवाकोटी र ललिता कार्की भएका छन् ।

यस्तै, प्रदेश प्रतिनिधिमै कृष्णबहादुर तामाङ, सुरेन्द्र डङ्गोल, इशा श्रेष्ठ, सुयस पौडेल, दिनेकुमार पाठक, प्रतिभा घिमिरे खरेल, जफर हुनेन र रुपा नेपाली निर्वाचित भएका निर्वाचन अधिकृत पण्डितले बताए । काठमाडौँ क्षेत्र नं ६ प्रदेश ‘क’ अन्तर्गत बागबजार, ठमेल, लैनचौर, सामाखुशी, नयाँ बसपार्क, गोङ्गबुलगायतका क्षेत्र पर्दछन् । उक्त प्रदेशसभामा कांग्रेसका १२३ क्षेत्रीय प्रतिनिधि रहेका छन् ।

प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएसँगै कांग्रेसको आगामी मङ्सिर ६ गते क्षेत्रीय अधिवेशन, १० गते जिल्ला अधिवेशन, १६ र १७ गते प्रदेश अधिवेशन र २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन हुने भएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार