असार २७, २०८२ शुक्रबार July 11, 2025

१८ वर्षमा हुम्लाका ४९४ बालबालिकाको उद्धार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौंः २०५९ पौष २६ गते स्थापना भएको हिमाली नवीन समाजले हुम्लाबाट अठार वर्षको अवधिमा ४ सय ९४ जना बालबालिका उद्धार गर्नुका साथै परिवारसँग पुनर्मिलन गरेको छ ।
जिल्लामा स्थापना भएदेखि बालबालिका क्षेत्रमा काम गर्दै आएको हिमाली नवीन समाजले अठार वर्षसम्म आइपुग्दा ४ सय ९४ जना बालबालिकाको उद्धार गरी उनीहरूको परिवारसँग पुनर्मिलन गरिएको हो ।

बालबालिकाको क्षेत्रमा काम गर्दै आएको हिमाली नवीन समाजले अलपत्रमा परेका बालबालिकालाई उद्धार गरी परिवारको जिम्मा लगाउने काम गरिरहेको छ । राम्रो पढाउनुका साथै उच्च शिक्षासम्म नि:शुल्क पठनपाठन गराइदिने प्रलोभनमा पारेर जिल्ला बाहिर लगिएका ती बालबालिकाको उद्धार गरिएको समाजका निर्देशक धनबहादुर लामाले बताए ।

जिल्लाबाहिर नेपालगञ्ज, काठमाडौं, पोखरालगायत सहरबाट राष्ट्रिय बालअधिकार परिषद् तथा स्थानीय तह अर्थात्, सम्बन्धी गाउँपालिका र नगरपालिकामा रहेका होस्टेलमा, बालगृहबाट उद्धार गरी परिवारसँग पुनर्मिलन गरिएको लामाले बताए ।

गाउँबाट १२ कक्षाभन्दा माथिसम्म निःशुल्क पढाइ दिने प्रलोभनलगायत विभिन्न बहानामा बालबालिका जिल्ला बाहिर लग्ने गरिएको छ । कमजोर आर्थिक अवस्थाका कारणले गर्दा कापी, कलमसमेत किन्न नसक्ने अवस्थामा भएपछि आफन्तले कुनै बालगृहमा लगिदिएर देशका विभिन्न पर्यटकीय क्षेत्रमा अलपत्र परेको अवस्थामा अधिकांश बालबालिकालाई उद्धार गरिएको उनले जानकारी दिए ।

जोखिम अवस्थामा बालगृहमा रहेका तथा देशका चर्चित पर्यटकीय क्षेत्रबाट गरेर हुम्लाका हालसम्म ४ सय ९४ जनाको उद्धार गरिएको हो । विशेष गरी पर्यटकीय सहरबाट बढी उद्धार गरिएको र बालबालिकाको गन्तव्य नै पर्यटकीय क्षेत्रमा रहेको छ । उनले भने, ‘बसैभन्दा बढी पर्यटकीय क्षेत्रबाट देशभरका बालबालिका उद्धार गरी परिवारसँग पुनर्मिलन गरिएको छ ।’

हुम्लाबाट बालबालिका ओसारपसार हुन नदिनका लागि सरकारी निकाय, नागरिक समाज, स्थानीय तह र अभिभावकले पनि यसमा ध्यान दिनुपर्ने निर्देशक लामाले बताए । हुम्लाका उद्धार गरी परिवारसँग पुनर्मिलन गरिएका ४ सय ९४ बालबालिका मध्ये ९२ जना बालबालिकालाई समाजले संरक्षण गरिरहेको छ ।

समाजले संरक्षण गरेका ५२ जना बालबालिकाको घरको आर्थिक अवस्था, उद्धार गरिएका प्रत्येक बालबालिकाको केश अनुसार उनीहरूलाई शिक्षाको सहयोग, आयआर्जनको सहयोगलगायत अलग-अलग क्षेत्रमा सहयोग गरिरहेको निर्देशक लामाले बताए ।

उनले भने, ‘राष्ट्रिय बालअधिकार परिषद् र स्थानीय तह तथा गाउँपालिका, नगरपालिकाको समन्वयमा अलपत्रमा परेका बालबालिकालाई उद्धार गरी परिवारसँग पुनर्मिलन गरेका छौं । पुनर्मिलनपछि पनि आर्थिक सहयोग गरेका छौं ।’

नेपालको ६७ वटा जिल्ला मध्ये सबैभन्दा बढी हुम्ला, मुगु, सुर्खेत, धादिङ, सिन्धुपाल्चोक, जुम्लालगायतका जिल्लाहरूबाट बालबालिका अलपत्र पर्ने गरेको उनले बताए । हुम्ला, मुगु र सुर्खेत जिल्लाबाट हालसम्म बढी बालबालिकाको उद्धार गरी सम्बन्धित परिवारसँग पुर्न मिलन गरिएको लामाले बताए । हिमाली नवीन समाजले देशका विभिन्न बालगृहहरूमा छड्के गर्दा उनीहरू अलपत्रका पर्ने गरेपछि उद्धार गरिने गरेको हो ।-सुरेश परियार/न्युज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायली सेना गाजामा रहेसम्म युद्धविराम असम्भव : हमास
२०८२ असार २७, शुक्रबार
पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान’
२०८२ असार २६, बिहिबार
डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान
२०८२ असार २६, बिहिबार
प्राकृतिक प्रकोप न्युनिकरणमा चीनसँग सहकार्य अपरिहार्य : उर्जा मन्त्री खडका
२०८२ असार २६, बिहिबार
आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा
२०८२ असार २६, बिहिबार
सुर्यबिनायकमा ५० हजार दर्शक क्षमताको स्टेडियम बनाउने प्रधानमन्त्रीको घोषणा
२०८२ असार २६, बिहिबार
काठमाण्डौंका मेयर शाहले बोलाए कार्यपालिका बैठक
२०८२ असार २६, बिहिबार