असार २४, २०८२ मंगलबार July 8, 2025

सडक डिभिजन कार्यालयका तीन अधिकारी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सडक डिभिजन कार्यालय, लहानका निमित्त डिभिजन प्रमुखसहित तीन जना घुस लिएको रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निमित्त डिभिजन प्रमुख विनोद साह, इन्जिनियर नविनकुमार साह र सवइन्जिनियर वीरेन्द्रकुमार साहलाई पक्राउ गरेको हो ।
विनोदको साथबाट तीन लाख तथा नविनकुमार र वीरेन्द्रकुमारको साथबाट १५ लाख ९६ हजार रुपैयाँ बरामद भएको छ । उनीहरुले रुपनी राजविराज कुनौली सडक निर्माणको अन्तिम बिल भुक्तानीका क्रममा घुस लिएको अख्तियारले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया