असार २६, २०८२ बिहिबार July 10, 2025

विवादका कारण कपिलवस्तुमा कांग्रेस क्षेत्रीय अधिवेशन स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विवादका कारण नेपाली कांग्रेस कपिलवस्तुको संघीय निर्वाचन क्षेत्रको अधिवेशन स्थगित भएको छ । जिल्ला सभापति सुरेन्द्रराज आचार्य (पौडेल पक्ष) समूहले विवाद झिकेकाले अधिवेशन स्थगित भएको संस्थापन पक्षले आराेप लगाएकाे छ ।

जिल्ला सभापति आचार्य र जिल्ला निर्वाचन अधिकृत घनश्याम पन्तले सूचना जारी गर्दै तयारी नपुगेकाले अर्को सूचना जारी नहुँदासम्म अधिवेशन स्थगित भएको जानकारी गराएका छन् । जिल्ला निर्वाचन अधिकृत पन्तले क्षेत्र नम्बर ३ मा उम्मेदवारमाथि दाबी विरोध र क्षेत्र नम्बर १ मा मतदान स्थलको विषयमा विवाद भएका अधिवशेन स्थगित गरिएको स्पष्ट पारे ।

क्षेत्र नम्बर १ मा आचार्य पक्षले मतदान हुने स्थल पायक नपर्ने भन्दै विवाद निकालेकाे छ । मतदान केन्द्र मायादेवी गाउँपालिकाको पकडीमा सार्नुपर्ने भन्दै विवाद उत्पन्न भएको थियो । क्षेत्र नम्बर १ मा देउवा पक्षबाट अब्दुल मन्नान र पौडेल पक्षबाट टेकबहादुर शाहीले सभापति पदमा उम्मेदवारी दिएका थिए । यो क्षेत्र दीपकुमार उपाध्याय र संघीय सांसद अतहर कमाल मुसलमानको प्रभाव रहेको क्षेत्रसमेत मानिन्छ । दुवै नेता संस्थापन पक्षमा खुल्दै आएका छन् ।

क्षेत्र नम्बर २ को अधिवेशन के राेकिनुकाे कारण थाहा नभएको क्षेत्रीय सभापतिका उम्मेदवार तथा जिल्ला प्रवक्ता वीरेन्द्र मिश्रले बताए । मिश्रलाई सभापति पदका दुई आकांक्षीट गंगा विष्ट र माधव पराजुलीले समर्थन गरेपछि निर्वाचनमा कडा प्रतिस्पर्धा हुने आकलन गरिएको थियो ।

मिश्रले संस्थापन पक्षको तर्फबाट उम्मेदवारी दिएका छन् । पौडेल पक्षबाट बुद्धभूमि नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । यो निर्वाचन क्षेत्र जिल्ला सभापति आचार्यको पकड क्षेत्र मानिन्छ ।

क्षेत्र नम्बर ३ मा दुवै सभापतिका उम्मेदवार विवादमा परेका छन् । संस्थापन पक्षका उम्मेदवार ब्रह्मानन्द उपाध्यायलाई पौडेल पक्षका हरि पोख्रेल पक्षले लेबी नतिरेको भन्दै उजुरी गरेपछि विवाद सुरु भएको थियो ।

अघिल्लो स्थानीय निर्वाचनमा शिवराज नगरपालिकाको उपमेयर पदमा बागी उम्मेदवारी दिएका पोख्रेललाई अनुशासन समितिले कारबाही गरेकाले मतदाता नामावली सूचीबाट नाम हटाउन उजुरी परेको थियो । भदौमा उजुरी परे पनि पोख्रेलले जिल्ला अध्यक्षको तर्फबाट उम्मेदवारी दिएका थिए ।-न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार