असार २६, २०८२ बिहिबार July 10, 2025

माओवादी नेता टंकमणीको सवारी दुर्घटनामा मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बन्जाडे (टंकमणि)को सवारी दुर्घटनामा परि मृत्यु भएको छ ।

दाङबाट बुटवल फर्कँदै गर्दा गएराती साँढे ९ बजेतिर  पूर्वबाट पश्चिम आउँदै गरेको ना ७ ख ९०६नम्बरको बसले बन्जाडे सवार लु २६प५८९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिई घाइते बनाएको थियो ।

घाइते भएपछि बुटवल स्थित लुम्बिनी सिटीमा उपचारका क्रममा बुधबार बिहान ६ बजे मृत्यूू भएको नेकपा माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसीले जानकारी दिए । दाङमा घाइते अपाङ्गको बैठकमा सहभागी भएर फर्कँदै गर्दा बुटवल जीत गढीमा दुर्घटना भएको थियो ।

सहिद स्मृति प्रतिष्ठान बुटवलका अध्यक्ष समेत रहेका बन्जाडे माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज हुन । ५५ वर्षीय बन्जाडेको निधनमा पार्टीले शोक सभा गरेर अन्त्येष्टि गर्ने संयोजक जिसीले बताए । अर्घाखाँची धारापानीमा जन्मिएका बन्जाडे हाल बुटवल जीत गढीमा बस्दै आएका छन् । उनको श्रीमती, १ छोरा र १ छोरी छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार