श्रावण २, २०८२ शुक्रबार July 18, 2025

कांग्रेसमा महामन्त्रीका आठ आकांक्षी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशन सन्निकट छ । कांग्रेसले महाधिवेशनमार्फत वडादेखि केन्द्रसम्म नै नयाँ नेतृत्व चयन गर्दै छ । कांग्रेसको केन्द्रीय तहमा सभापतिपछि प्रभाव राख्ने पद महामन्त्रीमा अहिलेसम्म आठ जनाले उम्मेदवार बन्ने तयारी गरेका छन् ।

कांग्रेस विधानमा दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ । सो दुई पदका लागि पार्टीभित्रका फरकफरक गुटबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । महामन्त्री पदमा कांग्रेसको हालको संस्थापन समूह अर्थात् सभापति शेरबहादुर देउवानिकट समूहबाट बालकृष्ण खाँण, रमेश लेखक, डा. प्रकाशरण महत, विश्वप्रकाश शर्मा र एनपी साउद भिड्ने तयारीमा छन् ।

खाँण हाल सरकारमा गृहमन्त्रीसमेत छन् भने शर्मा कांग्रेस प्रवक्ता हुन् । यो समूहबाट देउवाले आफ्नो टिममा यी नाममध्ये दुई जना छान्ने सम्भावना रहन्छ । तर, कसलाई छान्नेछन् भन्ने तय भएको छैन । यसैगरी, संस्थापनइतर समूहबाट डा. मिनेन्द्र रिजाल, गगन थापा, प्रदीप पौडेलले महामन्त्रीका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

रिजालइतर समूहअन्तर्गत वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालानिकट मानिन्छन् । उनी हाल सरकारमा रक्षामन्त्रीसमेत छन् । यसैगरी, थापा र पौडेल नेता कृष्णप्रसाद सिटौला समूहसँग निकट मानिँदै आएका छन् ।

अन्तिम समयसम्म आकांक्षी अझै बढ्ने सम्भावना पनि छ । नेता थापाले आफ्नै निर्वाचन क्षेत्र काठमाडौं–४ मा ३० भदौमा आयोजित एक कार्यक्रममा महामन्त्रीमा उठ्ने घोषणा गरेका थिए । यसैगरी, शर्माले संस्थापक नेता बीपी कोइरालाको १०८औं जन्मजयन्तीको अवसर पारेर २४ भदौमा सुन्दरीजलस्थित बीपी संग्रहालयमा आयोजित कार्यक्रममा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

नेता पौडेलले भने आफ्नै निर्वाचन क्षेत्र तनहुँ २ को शुक्लागण्डकी नगरपालिका–८ मा आयोजित एक कार्यक्रममा केही समयअघि उम्मेदवारी घोषणा गरेका थिए । महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका नेता पौडेलले कांग्रेसको संठन विस्तारसँगै आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै कांग्रेसको कार्य क्षमतालाई थप सशक्त बनाउने लक्ष्य आफूले राखेको बताए ।-राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार