श्रावण २, २०८२ शुक्रबार July 18, 2025

बन्दसत्रमा छिर्न नपाएपछि भीम आचार्य होटलको कोठाबाटै लाइभ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रदेश १ का पूर्व मुख्यमन्त्री तथा एमाले नेता भीमप्रसाद आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । पार्टीको महाधिवेशनमा भाग लिन चितवन पुगेका आचार्यलाई कोरोना संक्रमण भएपछि बन्दसत्रमा सहभागी हुन नपाएका हुन् ।

कोरोनाले समातेपछि अहिले उनी सौराहामा बन्दसत्र आयोजना भएको होटल सेभेन स्टारको आइसोलेसनमा छन् ।

पछिल्लो समय आचार्यले पार्टीभित्र ठूलै उत्तारचढाव ब्यहोरेका छन् । केन्द्रीय मन्त्री भइसकेका उनलाई मुख्यमन्त्री बनाउने शर्तमा २०७४ सालको निर्वाचनमा एमालेले प्रदेशचुनावमा उम्मेदवार बनाएको थियो । चुनाव जितेपछि पार्टीभित्रको दुईपक्षीय लडाईंको चेपुवामा परेका कारण उनी संसदीय दलको नेताबाट पराजित भएका थिए ।

आफूभन्दा निकै जुनियर सांसद शेरधन राईले दुई मतले पराजित गरेपछि मुख्यमन्त्री बन्ने उनको सपना त्यहिँ तुहिएको थियो । त्यसपछि खिन्न महशुस गरेका आचार्य प्रदेश संसदको बैठकमा पनि प्रायः सहभागी भएनन् ।

पार्टीभित्रको अन्तरसंघर्षमा तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल समूहको तर्फबाट प्रदेश १ को नेतृत्व गरेका आचार्य १० बुँदेपछि ओली गुटमा फर्किएका हुन् । त्यसैका आधारमा उनी मुश्किलले दुई महिना मुख्यमन्त्री बने ।

अहिले पार्टीको महाधिवेशनमा अन्य नेताहरुले भटाभट उम्मेदवारी घोषणा गरिरहेका बेला आचार्यलाई भने होटलको कोठामा बसेर बन्दसत्रको लाइभ हेर्नुपर्ने अवस्था बनेको छ । उनी न उम्मेदवार बन्न सकेका छन्, न मतदान गर्ने मतदाता नै । जनआस्थाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार