असार २५, २०८२ बुधबार July 9, 2025

माओवादी पालिका अधिवेशन दाङका ६ पालिकामा नयाँ नेतृत्व चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेकपा (माओवादी केन्द्र) को पालिका अधिवेशन अन्तर्गत दाङका छ पालिकामा नयाँ नेतृत्व चयन भएका छन् । शनिबार भएको अधिवेशनले जिल्ला १० पालिकामध्ये छ पालिकाले सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

घोराही उपमहानगरपालिका, बबई, शान्तिनगर, दङ्गीशरण , बङ्गलाचुली र गढवा गाउँपालिकाको नेतृत्व चयन भइसकेको छ । निर्वाचन समितिले जनाए अनुसार घोराही उपमहानगरपालिकाको अध्यक्षमा प्रमोद शर्मा, उपाध्यक्षमा सुशीला शर्मा, खिमबहादुर चौधरी र रमेश ओली निर्वाचित भएका छन् भने सचिवमा भागिदास चौधरी, सहसचिवमा मने विश्वकर्मा र कोषाध्यक्षमा दिलकुमारी विकलाई चयन गरिएको छ ।

त्यस्तै बबईको अध्यक्षमा डिल्ली बुढाथोकी, उपाध्यक्षमा रमेश सुनार, प्रेम जिसी र यज्ञबहादुर तथा सचिवमा अन्जु घर्ती, सहसचिवमा खुमबहादुर विक र कोषाध्यक्षमा परेकलाल बुढालाई चयन गरिएको छ ।बङ्गलाचुलीका अध्यक्षमा डोमकान्त कवर मगर, उपाध्यक्षमा गिरिराज बाँठा, युमना थापा घर्ती, रमा पुन, कोषाध्यक्षमा वासुदेव महरा, सचिवमा दामोदर खड्का र सहसचिवमा शोभाराज विश्वकर्मालाई चयन गरिएको छ ।

त्यसैगरी शान्तिनगरको अध्यक्षमा नेवबहादुर रोका, उपाध्यक्षमा खगेन्द्र शर्मा, प्रदीप ओली र रीता बटाला सचिवमा पिमलाल ओली, सहसचिवमा हीरा सुनार र कोषाध्यक्षमा जङ्गबहादुर पुनलाई चयन गरिएको छ । दङ्गीशरण्का अध्यक्षमा मणिराम शर्मा, उपाध्यक्षमा वीरबहादुर वली, निर्मला चौधरी र ममता परियार, सचिवमा दीपक गौतम, सहसचिवमा टङ्क ओली र कोषाध्यक्षमा हरिबहादुर ककरेल निर्वाचित हुनुभएको छ ।

गढवाका अध्यक्षमा यामनारायण पोखरेल, उपाध्यक्षमा दीपा पुन, वसन्ती चौधरी र देवराज यादब, सचिवमा कैलास चौधरी, सहसचिवमा ज्ञानबहादुर परियार र कोषाध्यक्षमा वसन्त गिरीलाई चयन गरिएको छ ।

तुलसीपुरको नेतृत्व चयन कार्य अझै टुङ्गिन सकेको छैन । लमही नगरपालिकामा सदस्य टुङ्ग्याइएको छ । पदाधिकारीको भने यही मङ्सिर १५ गते छनोट गरिने भएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार