असार २५, २०८२ बुधबार July 9, 2025

काँग्रेस धादिङको सभापतिमा पौडेल समुहका अधिकारी निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली काँग्रेस धादिङको १४ औँ जिल्ला अधिवेशनबाट सभापतिमा रामनाथ अधिकारी निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी भीमप्रसाद ढुंगानालाई ३६ मतले हराउँदै विजयी भएका हुन्। जिल्ला अधिवेशनका लागि भएको मतदानमा अधिकारीले १ हजार ८२ मत ल्याए भने ढुंगानाले एक हजार ४६ मत ल्याएका थिए। अधिकारी पौडेल निकटका हुन् भने ढुंगाना देउवा निकटका हुन्।

त्यस्तै उपसभापतिमा गेहेन्द्र मल्ल र दलबहादुर अधिकारी विजयी भएका छन्। मल्लले एक हजार ६८ मत ल्याए भने अधिकारीले एक हजार ६ मत ल्याए। सचिवमा विकास श्रेष्ठ र रामकृष्ण पाण्डे विजयी भएका छन्। श्रेष्ठले एक हजार एक सय २१ मत ल्याए भने पाण्डेले एक हजार १२ मत ल्याए।

सहसचिवमा नवराज तिमिल्सिनाले एक हजार ९१ मत ल्याएका छन् भने क्रान्ति डल्लाकोटी र विजयी पाख्रिनले नौ सय ९५ मत ल्याएका थिए। सहसचिव पदमा बराबरी मत आएपछि डल्लाकोटी र पाख्रिनले बराबरी मत बाड्ने सहमती गरेको छ। सहमती अनुसार पहिलो दुई वर्ष पाख्रिन सहसचिव हुनेछन् भने पछिल्लो दुई वर्ष डल्लाकोटी लाई पद हस्तान्तरण गर्ने बताइएको छ।

अधिकारी जिल्ला सभापतिमा निर्वाचित भएको यो पाँचौँ पटक हो। यसअघि २०५५ साल, २०५७ सालमा भएको पाटीको दशौँ अधिवेशन, २०६२ मा भएको एघारौँ अधिवेशन, २०६७ सालमा भएको बाह्रौँ अधिवेशनमा पनि सभापतिको उम्मेदवार बन्दै विजयी भएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार