श्रावण २, २०८२ शुक्रबार July 18, 2025

कर्णाली र गण्डकीमा पौडेल समूह लगभग ‘क्लिन स्वीप’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत जारी जिल्ला अधिवेशनहरुमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह गण्डकी र कर्णालीमा लगभग ‘क्लिन स्वीप’ भएको छ ।

हालसम्म ५८ जिल्लामा कांग्रेस अधिवेशन सकिएको छ । ५८ मध्ये ३२ जिल्लामा देउवा पक्ष र २६ जिल्लामा रामचन्द्र पौडेल पक्षले जितेको छ । जिल्ला सभापतिमा कर्णाली र गण्डकीका सबै जिल्लाको मत परिणाम घोषणा भइसकेको छ ।

गण्डकीमा संस्थापनबाट क्रमशः शंकर गुरुङ मनाङ, टकराज गुरुङ लमजुङ, जितप्रकास आले तनहुँ, नन्दप्रसाद न्यौपाने गोरखा, किशोरदत्त बराल कास्की, राजु थापा स्याङजा, जीतबहादुर शेरचन बागलुङ, युवराज जोशी पर्वत र खमबहादुर गरबुजाले जितेका छन् । संस्थापन इतर पौडेल समूहबाट मुस्ताङमा रोमी गौचनले मात्र जित हात पारेका छन् । नबलपुरको परिणाम आउन बाँकी छ ।

कर्णालीका १० जिल्लामध्ये संस्थापन पक्षका ८ तथा इतर पक्षका दुई जनाले सभापति जितेका छन् । संस्थापन समूहबाट सल्यानमा केशरबहादुर विष्ट, मुगुका ऐनबहादुर शाही, पश्चिम रुकुममा प्रेमप्रकाश ओली, जुम्लाका कर्णबहादुर शाही, डोल्पाका दीपेन्द्र शाही, जाजरकोटका बेदराज सिंह (सर्वसम्मत), हुम्लाका मोहनविक्रम सिंह र सुर्खेतका खड्क पोख्रेल निर्वाचित भएका छन् । संस्थापन इतर पौडेल समूहबाट कालिकोटका अम्मबहादुर शाही र दैलेखमा मणिराज रेग्मी निर्वाचित भएका हुन् । दृष्टी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार