असार २३, २०८२ सोमबार July 7, 2025

चितुवाको छालासहित तीन जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः काठमाण्डौं महानगरपालिका–९ स्थित एयरपोर्ट सेकुवा कर्नरबाट दुर्लभ वन्यजन्तु चितुवाको छालासहित प्रहरीले आज तीन जनालाई पक्राउ गरेको छ ।

उनीहरूका साथबाट करिब दुई फिट दुई इञ्च लम्बाइ र सात इञ्च चौडाइ भएको एक थान चितुवाको छाला बरामद भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–२ का २८ वर्षीय विशाल तामाङ, सोही ठाउँका ३२ वर्षीय विनोद तामाङ र गोकर्णेश्वर नगरपालिका–३ बस्ने चितवन राप्तीको ४२ वर्षीय कामी सिंह स्याङ्तान रहेका छन् ।

काठमाडौँ महानगरपालिका–९ एयरपोर्ट एरियामा केही व्यक्तिले दुर्लभ चितुवाको छाला अवैधरूपमा बिक्री वितरण गर्नको लागि लुकाई राखेको छ भन्ने सूचनाको आधारमा खोजतलासका लागि महानगरीय अपराध महाशाखा मीनभवनबाट प्रहरी टोली खटाइएको थियो ।

उक्त टोलीले आज उनीहरूलाई चितुवाको छालासहित फेला पारी पक्राउ गरेको हो ।

बरामद छालासहित आवश्यक कारबाहीका लागि उनीहरुलाई जिल्ला डिभिजन वन कार्यालय काठमाडौँमा पठाइएको महाशाखाले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार