काठमाण्डौंः विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम र जनता दरबार पार्टीबीच शनिबार पार्टी एकता घोषणा हुने भएको छ ।
विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकका अनुसार वैकल्पिक शक्ति निर्माण गर्न तीन पार्टीबीच एकता घोषणा हुन लागेको हो ।
रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा, कर्णबहादुर शाही संयोजक रहेको सिटिजन्स र एसपी शाह सारथी अध्यक्ष रहेको जनता दरबारबीच शनिबार दिउँसो १ बजे जाउलाखेलमा पार्टी एकता घोषणा हुन लागेको हो । -न्यूज कारखाना
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया