असार २५, २०८२ बुधबार July 9, 2025

विधान परिमार्जन गर्न कार्यदल गठन गर्ने माओवादीको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको नेकपा माओवादी केन्द्रले विधान परिमार्जन गर्न कार्यदल गठन गरेको छ । शुक्रबार बिहान बसेको स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्न देव गुरुङको संयोजकत्वमा कार्यदल गठन गरेको सो पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका हुन् ।

उनका अनुसार पाँच सदस्यीय सो कार्यदलमा जनार्दन शर्मा, मात्रिका यादव, पम्फा भुसाल र लिलामणी पोखरेल सदस्य छन् । २५ मंसिरसम्ममा विधान मस्यौदा प्रस्ताव गर्न कार्यदललाई जिम्मेवारी दिइएको छ ।

बैठकले १०–१३ पुसमा हुने राष्ट्रिय भेला व्यवस्थापनका लागि हितमान शाक्यको संयोजकत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई केन्द्रीय प्रतिनिधिको संख्या थप्न प्रस्ताव तयार पार्ने जिम्मेवारी दिएको बैठकले प्रत्येक प्रदेशबाट राष्ट्रिय सम्मेलनमा ३० जना प्रतिनिधि सहभागी हुनेगरी कार्यविधि बनाएको प्रवक्ता महराले जानकारी दिए । – न्युज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार