असार २५, २०८२ बुधबार July 9, 2025

कांग्रेस प्रदेश अधिवेशन : बाग्मतीमा जगदिश्वर नरसिंह केसीको मनोनयन दर्ता, देउवा प्यानलबाट बानियाँ र प्रधान आकांक्षी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत बाग्मती प्रदेशमा नयाँ नेतृत्वका लागि शुक्रबार निर्वाचन प्रक्रिया सुरू भएको छ । प्रदेश राजधानी हेटौंडामा सुरू भएको प्रदेश अधिवेशनमा नेतृत्व लिनका लागि मनोनयन दर्ता कार्य अहिले भइरहेको छ ।

बिहान ८ बजेबाट सुरू भएको मनोनयन दर्ता गर्ने कार्यमा अहिलेसम्म पार्टीको प्रदेश सभापतिका लागि जगदीश्वरनरसिंह केसीले उम्मेदवारी दर्ता गरेका छन् । केसी पार्टीमा रामचन्द्र पौडेल समूहमा छन् ।

सभापतिमा पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट इन्द्रबहादुर बानियाँ र भीमसेनदास प्रधानको नाम पनि चर्चामा छ । बानियाले भने शुक्रबारै प्यानल घोषणा गरेका छन् ।

बिहीबार औपचारिक रूपमा शुभारम्भ भएको प्रदेश अधिवेशनको दोस्रो दिन शुक्रबार निर्वाचन प्रक्रिया जारी रहेको हो । दिउँसाे १ बजेसम्म मनोनयन दर्ता गराउने समयतालिका रहेको प्रदेश निर्वाचन समिति बाग्मती प्रदेशका संयोजक वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
काफ्लेका अनुसार भोलि १८ मंसिर बिहान ९ बजेदेखि मतदान हुनेछ ।

नयाँ नेतृत्वका लागि प्रदेश प्रतिनिधिको रूपमा १३ जिल्लाबाट चुनिएर आएका करिब दुई हजार १३७ जना प्रतिनिधीले भोट हाल्नेछन् । अधिवेशनले पार्टी प्रदेश सभापति एक जना, उपसभापति दुई जना, महामन्त्री दुई जना, सहमहामन्त्री तीन जनासहित ९१ जनाको प्रदेश कार्यसमिति चयन गरिनेछ ।-न्यूजकारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार