असार २५, २०८२ बुधबार July 9, 2025

राप्रपा महाधिवेशन: विवादका कारण कार्यतालिका प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी एकता महाधिवेशनअन्तर्गत उम्मेदवारको मनोनयन अझै हुन सकेको छैन। यही मङ्सिर १५ गतेदेखि भृकुटीमण्डपमा सुरु भएको महाधिवेशनमा केही आन्तरिक विवादका कारण कार्यतालिकाअनुसार प्रक्रियामा प्रभाव परेको हो ।

महाधिवेशनमा १९९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गर्न देशभरबाट प्रतिनिधि छनोटमा नपरेका नामसमेत मतदाता नामावलीमा समावेश गर्न खोजिएपछि विवाद भएको आरोप लगाइएको छ। उम्मेदवारको नामावली फाराम वितरण, मतदाताको अन्तिम नामावली प्रकाशन, उम्मेदवारको नाम दर्तालगायत काम आज बिहान ११ बजेसम्म हुनुपर्ने कार्यसूची रहेकामा त्यसो हुन सकेको छैन ।

नेता सुन्दर पाण्डेका अनुसार सर्वसम्मत नेतृत्वका लागि प्रयास गरी विवाद व्यवस्थापन गर्न लागिएकाले केही समयपछि सबै कार्य सञ्चालन हुने छन्। देशभरबाट चार हजार ७०० प्रतिनिधि छनोट भएका छन्। निर्वाचनको कार्यतालिका शनिबार राखिएको छ। महाधिवेशनबाट अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित उपाध्यक्ष र महामन्त्रीमा कम्तीमा एक महिला निर्वाचित गर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी, चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्य समितिले मनोनीत गर्नेछ। बन्दसत्रमा प्रस्तुत भएका सामाजिक, आर्थिक र राजनीतिक प्रस्तावका साथै संशोधित विधान पारित भएकोे जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार