असार २५, २०८२ बुधबार July 9, 2025

सत्ता गठबन्धनलाई निर्वाचनसम्म टुट्न नदिने र एमालेलाई पत्तासाफ पार्ने माधव नेपालको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा एमालेलाई पत्तासाफ पार्ने दाबी गरेका छन्।

अहिलेको सत्ता गठबन्धनलाई निर्वाचनसम्म टुट्न नदिने र निर्वाचनबाट एमालेलाई पत्तासाफ पार्ने उनले दाबी गरे। शनिबार नेकपा एकीकृत समाजवादीले अर्घाखाँचीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले सत्ता गठबन्धनलाई टुटाउन विभिन्न शक्ति लागिरहेको भन्दै गठबन्धनलाई कसैले टुटाउन खोजे पनि नटुट्ने, बरू अझै सशक्त भएर अगाडि बढ्ने बताए।

‘नजिक आइरहेको राष्ट्रिय सभा चुनावसँगै अरू आउने स्थानीय, प्रदेश र संघीय चुनावमा पनि पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार उठाएर एमालेलाई पत्तासाफ पार्ने सल्लाह गरेका छौं,’ नेपालले भने।

नेता नेपालले अर्घाखाँचीमा रिक्त रहेको निर्वाचन क्षेत्रमा उपनिर्वाचन गर्ने वा अर्को वर्ष एकैपटक निर्वाचन गर्नेबारे छलफल भइरहेको भन्दै जहिले निर्वाचन भए पनि एमाले पूरै पत्तासाफ हुने दाबी गरे।

साथै उनले एमालेमा रहेका नेता/कार्यकर्ताले विद्रोह गर्नुको विकल्प नरहेको बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार