असार २५, २०८२ बुधबार July 9, 2025

काठमाडौं र ललितपुरका कांग्रेस सभापतिलाई दायाँ-बायाँ राखेर प्रकाशमानले खोले सम्पर्क कार्यालय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सम्पर्क कार्यालय खोलेका छन् । कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदमा उठ्ने तयारी गरिरहेका पूर्वमहामन्त्री सिंहले मंगलबार सिंहदरबारअगाडि यलम्बर पार्टी प्यालेस भाडामा लिएर सम्पर्क कार्यालय खोलेका हुन् ।

उद्घाटन कार्यक्रममा काठमाडौं कांग्रेस सभापति कृष्णसबुज बानियाँ र ललितपुर सभापति जितेन्द्र श्रेष्ठ नेता सिंहको दायाँ-बायाँ राखेर थिए । साथमा कांग्रेस केन्द्रीय सदस्य राजन केसी र काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गीलगायतको उपस्थिति थियो । ललितपुर कांग्रेसका सभापति केही दिनअघि मात्र संस्थापन पक्षको सहयोगमा विजयी भएका थिए ।

नेता सिंहले अब कार्यालयमा नेता तथा कार्यकर्तालाई भेटघाट गर्नेछन् । कांग्रेसको संस्थापन इतरमा साझा सभापतिको घोषणा गर्ने तयारी भइरहेका बेला सिंहले सम्पर्क कार्यालय खोल्नुलाई अर्थपूर्ण मानिएको छ । सभापतिका लागि कति तयारी गरेको भन्ने यहीँबाट बुझ्नुपर्ने नेता सिंहले बताए । सहमतिबाट उम्मेदवार तय गर्न आज इतर समूहको केन्द्रीय सदस्यहरूको बैठक बस्न लागेको पनि उनले जानकारी दिए ।-न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार