असार २५, २०८२ बुधबार July 9, 2025

नयाँ कार्यसमितिले पार्टीको एजेण्डा स्थापित गर्नुपर्छः नेता लोहनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले एकता अधिवेशनबाट छनोट भएको कार्यसमितिले पार्टीको एजेण्डा स्थापित गर्नुपर्ने बताउनुभएको छ ।

नयाँ कार्य समितिलाई शुभकामना दिन आज पार्टीले आयोजना गरेको कार्यक्रममा उहाँले नेपाललाई हिन्दूराष्ट्र कायम गर्ने र संवैधानिक राजसंस्था स्थापित गर्ने गरी राजनीतिक गतिविधि सञ्चालन गर्नुपर्ने बताउनुभएको हो ।

नेता लोहनीले पार्टीको आदर्शलाई अवलम्बन गरी मुलुकमा बलियो शक्तिका रुपमा राप्रपालाई स्थापित गराउने कार्यमा लाग्न नेतृत्वपङ्क्तिलाई आग्रह गर्नुभयो ।

पार्टीका अर्का नेता पशुपतिशम्शेर जवराले केही महिनामा स्थानीय तहको निर्वाचन आइरहेकाले चुनावमा सफलता प्राप्त हुनेगरी देशभर सङ्गठन विस्तार तथा सुदृढीकरण गर्न निर्देशन दिनुभयो ।

उहाँले अधिवेशनले निर्वाचित गरेको कार्यसमितिलाई सबैले सम्मान गर्नुपर्ने बताउँदै प्रतिस्पर्धाबाट पराजय भएका समूहले पार्टी फुटाउन नसक्ने बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार